नेपाल पत्रकार महासंघ सिरहाको नव निर्मित भवन समुद्घाटन

Posted on: 11 Feb, 2017

अमर पासमान | माघ २९, सिरहा | नेपाल पत्रकार महासंघ सिरहाको नव निर्मित भवनको शुक्रवार समुद्घाटन भएको हो । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले नव निर्मित भवनको समुद्घाटन गरेको नेपाल पत्रकार महासंघ शाखा सिरहाका जिल्ला सभापति देवकुमार यादवले जानकारी दिएका छन् । 

जिल्ला सभापति यादवका अनुसार महासंघ भवन निर्माणमा विभिन्न सहयोगीहरु जिल्ला विकास समिति सिरहा, सिरहा नगरपालिका सिरहा, सामाजिक अभियन्ता धीरेन्द्र कुमार साह, विष्णुदेव यादव, भोगिन्द्र साह, रंजीत यादव लगायत ब्यक्तिहरुको निकै योगदान रहेकोले संघस्थागत तथा ब्यक्तिगत रुपमा सम्मान पत्र तथा प्रसंसा पत्र प्रदान गरी सम्मान गरेको उनले बताए । 

उक्त समुदघाटन समारोह अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव उजिर मगर, केन्द्रिय सदस्य गणेश लम्साल, वरिष्ठ पत्रकार रामरिझन यादव, चन्द्रदेव कामती, राष्ट्रपतिका स्वीकिय सचिव जिवछ साह, नेपाल पत्रकार महासंघ शाखा सिरहाका पूर्व अध्यक्ष दिनेश्वर गुप्ता, प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ, प्रहरी उपरीक्षक शेखर कोईराला,सिमा सुरक्षा सशस्त्र प्रहरी बलका उपरीक्षक चन्द्र भट्ट, सिरहा नगरपालिकाका कार्यकारी अधिकृत ईन्द्रदेव यादव, लगायत जिल्लाभरीका पत्रकारहरुको सहभागिता रहेको थियो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!