लहानमा माछापुच्छ्रे बैंकको शाखा

Posted on: 01 Aug, 2017


साउन १७, लहान । माछापुच्छ्रे बैँक लिमिटेडले सिरहाको लहानमा आफ्नो शाखा विस्तार गरेको छ । 

लहानस्थित हुलाक कार्यालय नजिक रहेको ओशो भवनमा स्थापना गरिएको बैँकको शाखाको आज एक कार्यक्रमबीच माछापुच्छ्रे बैंक लिमिटेडका पूर्व अध्यक्ष तथा सांसद डा वीरेन्द्र महतोले उद्घाटन गर्नुभयो । 

सेवाग्राहीको घर तथा पसलमा पुगी सेवा प्रदान गर्ने लक्ष्यका साथ बैँकको शाखा स्थापना गरिएको बैँकका प्रबन्धक प्रदीप सुवेदीले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!