सिरहामा मोर्चाद्धारा एमाले पार्टी कार्यालयमा आगजनी

Posted on: 07 Mar, 2017

राम नारायण पंडित/फागुन २४, सिरहा । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको बन्दका कारण तराई मधेशको जनजिवन प्रभावित भएको छ । 

सप्तरीमा भएको नरसंहार पछि आक्राशित भएको मोर्चाले दुई दिन मधेश बन्दको आह्वान गरेको छ । सप्तरी घटनाको विरोधमा आज मोर्चाका कार्यकर्ताहरुले सिरहाको लहानमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेको छ । मोर्चाले लहान १ मा रहेको एमालेको कार्यालयमा तोडफोड सहित आगजनी गरेको हो । 

एमाले पार्टी कार्यालयमा तोडफोड गरेको भन्दै लहानबाट प्रहरीले मोर्चाका दर्जन भन्दा बढी नेता कार्यकर्तालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेहरुमा मोर्चाका नेता कृष्ण बहादुर यादव, राजु गुप्ता, सत्यनारायण यादव, रोशन यादव, आमुख यादव, मनोहर यादव, प्रयाग यादव, गुलाव राय, दिनेश यादव लगायतका रहेका छन् । एमालेको पार्टी कार्यलयमा तोडफोड र आगजनी संगै उछ्लिंग गतिबिधि गर्ने युवाहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय लहानका प्रहरी नायब उपरिक्षक हिरा बहादुर पाण्डेले बताए । 


यता, मोर्चाका कार्यकर्ताहरुले सिरहाको लहान र गोलबजारमा २ वटा ट्रकमा आगजानी गर्नुको साथै केहि सबारी साधनमा ढुंगामुढा गरी तोडफोड गरेका छन् । सप्तरीमा प्रहरीको गोली लागि मोर्चाका कार्यकर्ताहरुको मृत्यु भएको खवरले आक्रोसित बनेका मोर्र्चाले सोमबार साझदेखि नै सिरहाको लहान, गोलबजार, मिर्चैया, बिष्णुपुर लगायतका स्थानहरुमा सडकमा टायर बाली सडक अबरुद्ध गरि सरकार बिरुद्ध नाराबाजी गरिरहेको मोर्चाका नेता राम दयाल यादबले बताए । 

पुर्व पश्चिम लोकमार्ग अन्तर्गत लहानको कुसवाहा चौकमा ना.४ ख २०७६ नम्बरको मालबाहक ट्रक र गोलबजारमा विआर ५१ ए ४०१३ नम्वरको भारतीय ट्रकमा मोर्चाका नेता तथा कार्यकर्ताले आगजनी गरेको प्रहरीले नेता यादबले बताए । यसैबिच मोर्चाका कार्यकर्ताहरुले सिरहा सदरमुकाम स्थित राष्ट्रिय बाणिज्य बैंकमा ढुगांमुढा गरेका छन् । ढुगांमुढाबाट बैंकमा समान्य क्षति भएको बताईएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!