यौनधन्दामा संलग्न रहेको आरोपमा होटलबाट आधा दर्जन महिला-पुरुष पक्राउ

Posted on: 01 Jun, 2017


राम नारायण पंडित/जेठ १८, सिरहा । वेश्यावृतिको आरोपमा मिर्चैयाको कटारी चौकमा रहेको राहुल होटल एण्ड लजँमा प्रहरीले छापामारी गरी आधा दर्जन महिला पुरुषलाई पक्राउ गरेको छ । मंगलबार राति गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीको गस्ति टोलीले होटलमा छापामारी गरि यौनधन्दामा संलग्न रहेको आरोपमा होटलका संचालक सहित आधा दर्जन महिला र पुरुषलाई पक्राउ गरेको छ । 

पक्राउ परेका मध्ये संचालक सहित २ महिला र एक पुरुषलाई सार्बजनिक अपराध अन्तर्गत मुद्धा चलाईएको मिर्चैयाको प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए । अन्यको चेताबनी दिई परिबारको जिम्मा लगाइएको डिएसपी बज्राचार्यले जानकारी दिए । 

मिर्चैयाको कटारी चौकमा संचालित अधिकांश होटलहरुमा दिनदहारै खुल्लेयाम यौनधन्दा भईरहेको गुनासो बढेपछि निगरानी बढाएको डिएसपी बज्राचार्यले दाबी गरे । सिरहाको मिर्चैया, गोलबजार, लहान लगायतका स्थानहरुमा संचालित अधिकांश होटल तथा लजँसबहरुमा खुल्लेयाम यौनधन्दा भईरहेको स्रोतको दाबी रहेको छ ।

  



यस बिषयमा तपाइको प्रतिक्रिया...!