२८ वर्षीया महिलाको टाउकामा ढुङ्गा प्रहार गरी हत्या

Posted on: 23 Jun, 2017

राम नारायण पंडित/असार ९, सिरहा । लहान नगरपालिका १ स्थित विभत्स हत्या गरिएको अवस्थामा एक महिलाको फेला परेको छ । 
आज (शुक्रबार) बिहान मधेसी मूलकी जस्तो देखिने अन्दाजी २८ बर्षीय महिलाको हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरी जनाएको छ । शवको अनुहार नचिनिने गरी ढुङ्गाले हानेर क्षतिविक्षत बनाइएको छ । प्रहरीको उपस्थित रहने क्षेत्र भएकाले अन्यत्र हत्या गरेर शव त्यहाँ फालेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ । 
महिलाको शव पोष्टमार्टमका लागि लहान स्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ । प्रहरीका असार मृतक महिलाको सनाखत हुन सकेको छैन । थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!