ट्रयाक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

Posted on: 23 Jun, 2017


राम नारायण पंडित/असार ९, सिरहा । डिजे लोड गरिएको ट्रयाक्टर दुर्घटना हुँदा सिरहामा एक युबकको ज्यान गएको छ ।  

आज (शुक्रवार) मिर्चैया–कल्याणपुर सडकखण्ड अन्तर्गत मिर्चैया ३ राघोपुर स्थित दक्षिणबाट उतर जादै गरेको स १ त ४७३६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाक्टरमा सबार एक युवकको मृत्यु भएको प्रहरीले जनाए । 

मृत्यु हुनेमा सिरहा अर्नमा गाउपालिका १ बस्ने पल्टन चौधरीको १६ वर्षीय छोरा रुपण चौधरी रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए । 

मृतकको शवलाई पोष्टमार्टमका लागि रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान पठाईएको डिएसपी बज्राचार्यले जनाए । यता, ट्रयाक्टर ईलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको प्रहरीले बताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!