सिरहामा नेपाल प्रहरीको निःशुल्क स्वास्थ्य शिविर

Posted on: 16 Aug, 2017


राम नारायण पंडित/साउन ३२, सिरहा । सिरहाको कर्जन्हा गाउँपालिका ६ गौतारीमा नेपाल प्रहरीको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

स्थानिय डिम्बा खोलाको बाढीले बिस्थापित र प्रभावित भएका घरपरिबारलाई मध्य नजर गरी निः शुल्क रुपमा संचालन गरिएको स्वास्थ्य शिविरमा सय जना भन्दा बढीले स्वास्थ्य चेकजाँच गराई औषधी लिएका छन् । 

आज नेपाल प्रहरी अस्पताल काठमांर्डाैका डा. केदार खड्गीको नेतृत्वमा आएको टोलीले बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरि उपचार गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए । 

केहि दिन पहिला अबिरल बर्षाका कारण आएको बाढीले प्रभाबित भएको क्षेत्रमा आमजनसमुदायको स्वास्थ्यको ख्याल गरि शिविर संचालन गरिएको डा. खड्गीले बताए । 

स्थानिय डिम्बा खोलामा आएको बाढीले कर्जन्हा गाउँपालिका ६ गौतारीका ९ घरपरिबार बिस्थापित भएका छन् भने ४६ परिवार प्रभावित भएका छन् । पानीको बेगले जनता निमावि गौतारीको करीब १ सय ६० मिटर पर्खाल पनि भत्किएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!