सिरहाको एक गाउँपालिकाको नाम परिवर्तन गरिने

Posted on: 08 Feb, 2018

माघ २५, सिरहा | सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको पहिलो गाउँसभाले गाउँपालिकाको नाम संशोधन गरी ‘बाबा हरिसिंह देव गाउँपालिका’ नामाकरण गर्ने निर्णय गरेको छ । 

परापूर्वदेखि नै यो क्षेत्र हरिहरसिंह देवको नामले चिनिने भएकाले गाउँसभामार्फत गाउँपालिकाको नाम संशोधन गरी ‘बाबा हरिसिंह देव गाउँपालिका’ नामाकरण गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रामबल्लभ साहले जानकारी दिनुभयो । 

यस्तै गाउँसभाले आर्थिक वर्ष २०७४÷०७५ का लागि रु २६ करोड ४३ लाख ६८ हजार ४८४ बजेट पारित गरेको छ ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!