बसले ट्रकलाई पछाडिबाट ठक्कर दिँदा ९ जना घाइते

Posted on: 31 Jan, 2017

माघ १८, इनरुवा । पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरी हरिपुर–८ भन्टाबारीमा आज सडक दुर्घटना हुँदा नौजना घाइते भएका छन् । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा४ख ५१४२ नंको यात्रुवाहक बसले हरिपुर–८ भन्टाबारी चौकमा ना५ख २२५८ नंको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा बसमा सवार नौजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

घाइतेहुनेमा उदयपुर त्रियुगा नगरपालिका–१५ का ३० वर्षीया निशा दनुवार, मोरङ झोराहाट–७ का ३१ वर्षीय श्याम राजवंशी, सप्तरी गोइठी–६ का ३० वर्षीया मीनादेवी सदा र ३२ वर्षीया अमनुदेवी सदा, गोइठी–३ कै ४० वर्षीय जोगिन्दर साह, कल्याणपुर–७ का १८ वर्षीय विनोद साह, बरवनी–८ का ४० वर्षीया प्रमिला सदा, डेराह–८ का ४० वर्षीया अरुलिया मुखिया र सुनसरी छिटाहा–२ का ४५ वर्षीया बुलोदेवी मण्डल रहेको प्रहरीले जनाएको छ । 

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सीमा प्रहरी चौकी भन्टाबारीले जनाएको छ । घाइते सबैको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!