धरानमा युवाहरुबीच ग्याङ फाइट हुँदा एकको मृत्यु

Posted on: 18 Mar, 2017

चैत ५, धरान । धरानस्थित गणतन्त्र बस्तीमा दुई युवा समूहबिच झगडा हुँदा एक जनाको ज्यान गएको छ । 

झडपमा शुक्रराज राई समूहको छुरा प्रहारबाट धरान १५ का भक्त राईको मृत्यु भएको छ । शनिबार बिहान  ११ बजेतिर धरान-१५ कै ५ जना युवाहरुले सोही स्थानका २६ वर्षका भक्त राईलाई छुरा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

घटनामा गम्भीर घाइते भएका उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

छुरा प्रहार गर्ने समूहका नाइके शुक्रलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न हुक्के तामाङ, राजन विक, राजु राई, बिक्रम परियार फरार रहेका छन् । हत्याबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फाइल तस्बिर 


यस बिषयमा तपाइको प्रतिक्रिया...!