तनहुँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on: 15 Aug, 2019

साउन ३०, काठमाडौँ | पृथ्वीराजमार्गमा आज भएका  छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।  

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग९प ४२६५ नंको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा२१च २८३० नंको कार व्यास नगरपालिका–१२ कमलबारीमा एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो । कारको ठक्करबाट सख्त घाइते मोटरसाइकलमा सवार आँवुखैरनी गाउँपालिका–६ का ४८ वर्षीय थोमस बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो । 

गम्भीर घाइते उनको  पोखरास्थित मेट्रोसिटी अस्पतलामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । चालक २२ वर्षीय उमेश खड्काको मेट्रोसिटीमा उपचार भइरहेको छ ।  

यस्तै व्यास नगरपालिका–१२ घाँसीकुवामा जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा एक बालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको बा१६च २५२९ नंको जिप र विपरीत दिशाबाट आउँदै गरेको लु२७प ५३९ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार छ वर्षीय सुनिल मगरको मृत्यु भएको हो । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!