एक सातापछि बिहे तय भएकी युवती सूर्यविनायकमा झुण्डिएको अवस्थामा मृत भेटिइन्

साझासवाल

बैशाख २१, भक्तपुर | भक्तपुर सूर्यविनायक नगरपालिकामा एक युवती झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् । उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

प्रहरीका अनुसार सूर्यविनायक-७ गुण्डुकी २४ वर्षीया सुस्मिता खड्का घरको भर्‍याङमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार सुस्मिताको यही वैशाख २८ गते विवाह तय भएको थियो ।

दक्षिणकाली नगरपालिका-८ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-९ बस्ने २८ वर्षीय मनोज अधिकारीसँग विवाह तय भएको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा ‘आफैँ झुण्डिएकाले पीर नगर्नू’ भन्ने सुसाइड नोटसमेत भेटिएको भक्तपुर प्रहरी प्रमुख एसपी प्रजित केसीले जानकारी दिए ।

‘घटनास्थलको मुचुल्का तयार पारी, जाहेरीलगायतको काम पूरा गरि पोष्टमार्टमका लागि पठाएका छौं । अनुसन्धान भइरहेको छ’, केसीले भने ।

Leave a Comment

Leave a Reply