पढ्न करिब 2 मिनेट लाग्छ

मंसिर २, काठमाडौं | टाढाको यात्राको तयारी गर्दै हुनुहुन्छ र मौसमबारे चिन्तित हुनुहुन्छ ? अब चिन्ता नगर्नुहोस्, तपाईं जाने जिल्ला, नगरपालिका वा गाउँको मौसमको तीन दिनसम्मको अवस्थाबारे जानकारी इन्टरनेटबाट थाहा पाउन सकिन्छ ।

तीन दिनअघि नै कुनै ठाउँको तापक्रम, पानी पर्ने वा नपर्ने, हावा हुरी चल्ने वा नचल्ने ? जाडो वा गर्मीलगायतका मौसमको पूर्ण जानकारी इन्टरनेटका माध्यमबाट दिने तयारी भइरहेको छ । त्यहीअनुसार आफ्नो यात्रा तय गर्न सक्नुहुनेछ ।

जल तथा मौसम विज्ञान विभागले तीन दिन पछिसम्मको मौसमी अवस्थाबारे आंशिक रूपमा जानकारी वेब साइटमार्फत दिन थालेको छ भने पूर्ण रूपमा दिनलाई प्रविधिमा केही सुधार गर्ने तयारी भइरहेको विभागका महानिर्देशक डा. ऋषिराम शर्माले जानकारी दिए।

सरकारले आमनागरिकलाई तीन दिन पछिसम्मको देशभरका मौसमी अवस्थाबारे जानकारी दिने विशेष कार्यक्रम सञ्चालन गरेपछि यात्रामा हिँड्ने व्यक्ति, हवाई सेवा सञ्चालन गर्ने कम्पनी तथा यातायात व्यवसायीलाई सहज हुने भएको छ ।

महानिर्देशक शर्माले भने, ‘हामीले तीन दिनअघि नै तीन दिन पछिसम्मको देशभरको पानी पर्नसक्ने, पानी पनि कति मात्रामा पर्नसक्ने, घाम, बादलको अवस्था, तापक्रमको अवस्था लगायतका महत्वपूर्ण मौसमी जानकारी दिन थालेका छौँ । यसलाई इन्टरनेटको माध्यामबाट विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको वेब साइटमा गएर हेर्न सकिनेछ ।’

विभागले यसअघि २४ घण्टा पछिसम्मको मात्र मौसमको पूर्वानुमान गर्ने गरेको थियो । अब तीन दिन पछिसम्मको पानी पर्ने मात्रा (प्रतिशत), वास्तविक (ठ्याक्कै) तापक्रमको अवस्था पनि भन्नसक्ने भएको छ । – गोरखापत्र