मंसिर २, काठमाडौं | टाढाको यात्राको तयारी गर्दै हुनुहुन्छ र मौसमबारे चिन्तित हुनुहुन्छ ? अब चिन्ता नगर्नुहोस्, तपाईं जाने जिल्ला, नगरपालिका वा गाउँको मौसमको तीन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २, काठमाडौं | टाढाको यात्राको तयारी गर्दै हुनुहुन्छ र मौसमबारे चिन्तित हुनुहुन्छ ? अब चिन्ता नगर्नुहोस्, तपाईं जाने जिल्ला, नगरपालिका वा गाउँको मौसमको तीन "/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब तीनदिन पछीको मौसमसमेत थाहा पाउन सकिने

२ मंसिर २०७३, बिहीबार ०३:०८

मंसिर २, काठमाडौं | टाढाको यात्राको तयारी गर्दै हुनुहुन्छ र मौसमबारे चिन्तित हुनुहुन्छ ? अब चिन्ता नगर्नुहोस्, तपाईं जाने जिल्ला, नगरपालिका वा गाउँको मौसमको तीन दिनसम्मको अवस्थाबारे जानकारी इन्टरनेटबाट थाहा पाउन सकिन्छ । 

तीन दिनअघि नै कुनै ठाउँको तापक्रम, पानी पर्ने वा नपर्ने, हावा हुरी चल्ने वा नचल्ने ? जाडो वा गर्मीलगायतका मौसमको पूर्ण जानकारी इन्टरनेटका माध्यमबाट दिने तयारी भइरहेको छ । त्यहीअनुसार आफ्नो यात्रा तय गर्न सक्नुहुनेछ । 

जल तथा मौसम विज्ञान विभागले तीन दिन पछिसम्मको मौसमी अवस्थाबारे आंशिक रूपमा जानकारी वेब साइटमार्फत दिन थालेको छ भने पूर्ण रूपमा दिनलाई प्रविधिमा केही सुधार गर्ने तयारी भइरहेको विभागका महानिर्देशक डा. ऋषिराम शर्माले जानकारी दिए।

सरकारले आमनागरिकलाई तीन दिन पछिसम्मको देशभरका मौसमी अवस्थाबारे जानकारी दिने विशेष कार्यक्रम सञ्चालन गरेपछि यात्रामा हिँड्ने व्यक्ति, हवाई सेवा सञ्चालन गर्ने कम्पनी तथा यातायात व्यवसायीलाई सहज हुने भएको छ । 

महानिर्देशक शर्माले भने, ‘हामीले तीन दिनअघि नै तीन दिन पछिसम्मको देशभरको पानी पर्नसक्ने, पानी पनि कति मात्रामा पर्नसक्ने, घाम, बादलको अवस्था, तापक्रमको अवस्था लगायतका महत्वपूर्ण मौसमी जानकारी दिन थालेका छौँ । यसलाई इन्टरनेटको माध्यामबाट विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको वेब साइटमा गएर हेर्न सकिनेछ ।’

विभागले यसअघि २४ घण्टा पछिसम्मको मात्र मौसमको पूर्वानुमान गर्ने गरेको थियो ।  अब तीन दिन पछिसम्मको पानी पर्ने मात्रा (प्रतिशत), वास्तविक (ठ्याक्कै) तापक्रमको अवस्था पनि भन्नसक्ने भएको छ । – गोरखापत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली