Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पीएन क्याम्पसमा अनेरास्ववियुको अग्रता जारी, २ सय मतगणना हुँदा कसको कति ?

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पोखरा | पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको स्ववियू चुनावको मतगणना जारी रहेको छ ।

२ सय मतगणना हुँदा अनेरास्ववियुले अग्रता कायमै राखेको छ । अनेरास्ववियुका अध्यक्ष उम्मेदवार विष्णु पोखरेलले ८७ मतसहित अग्रता लिएका हुन् ।

दोस्रो स्थानमा नेविसंघका सुशील न्यौपानेले ३८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले २४ र अखिल क्रान्तिकारीका नविन अधिकारीले १७ मत ल्याएका छन् ।