Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

उपत्यकाभित्र सवारी साधन यथावत् सञ्चालनमा, बाहिर न्यून प्रभाब

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन ८, काठमाडौँ | नेपाल बन्दको हल्ला गरिए पनि आज बिहानैदेखि सार्वजनिक साधन यथावत् सञ्चालन भइरहेको छ ।

बिहान केही समय यातायात कम चलेपनि कार्यालय समयपछि पूर्ववत् सवारी साधन सञ्चालनमा आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको थियो ।

उपत्यकामा सवारी साधन चलेपनि बाहिर जाने सवारी साधन भने कम रहेको महाशाखाका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जितकारले राससलाई जानकारी दिनुभयो । उपत्यका बाहिर केही स्थानमा बन्दको प्रभाव परेको जनाइएको छ ।

“सोमबार बेलुकी नै उपत्यका बाहिरबाट आएका सार्वजनिक यातायात बिहान उपत्यका भित्रिएका छन्, केही विद्यालय बन्द भएकाले पहेँलो रंगका सवारी साधन कम चलेका छन्, गल्कोपाखामा एउटा ट्याक्सी, पुरानो बानेश्वर माइक्रो बस र मध्यबानेश्वरमा सरकारी नम्बर प्लेटको एक सवारी साधनमा प्रदर्शनकारीले क्षति पुर्याएका छन्”–उहाँले भन्नुभयो ।

गल्कोपाखामा बा २ ज ४३६२ नं को ट्याक्सीको अगाडिको सिसा फुटाइएको छ । पुरानो बानेश्वरमा बा १ ज ६४०५ नं को सिनामंगल–मैतीदेवी–रत्नपार्क ‘रुट’ मा चल्ने माइक्रोको पनि अगाडिको सिसा फुटाइएको छ । मध्यबानेश्वरमा ओखलढुंगा जिल्ला अदालतको पार्क गरी राखिएको बा १ ज ८१८० नं को सरकारी नं प्लेटको सवारी साधनमा पनि क्षति पुर्याइएको महाशाखाले जनाएको छ ।

यसबाहेक सामान्य रुपमा सवारी साधन सञ्चालन भइरहेको छ । रासस