पढ्न करिब 1 मिनेट लाग्छ

चैत २, भारत | इन्डियन काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एक जना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन् ।

बहुजन समाजवादी पार्टी (बिएसपी)का पूर्व नेता देवेन्द्र चौरसियाको हत्या भएको हो भने उहाँका छोरा सोमेश घाइते हुनु भएको हो ।

मध्य प्रदेशको दामोही नजिकै अज्ञात व्यक्तिहरुको आक्रमणमा परी उहाँ शुक्रबार मारिनु भएको अधिकारीहरुले जनाएका छन् ।

घटनामा संलग्न भएको आशंकामा मध्यप्रदेश प्रहरीले सात जनाविरुद्ध मुद्धा दर्ता गरेको छ ।

मुद्दा दर्ता गरिएकामध्ये एक जना बिएसपीका तर्फबाट विधान सभा सदस्य रहेकी राम बाइका श्रीमान् गोविन्द सिंह पनि रहेका छन् ।