Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
• अर्थ/विकास
• राजनीति
• समाज
• विश्व
• खेलकुद
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• अर्थ/विकास
• विश्व
• सूचना प्रबिधि
Search
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Have an existing account? Sign In
Follow US
Sajha Sabal | sajhasabal.com > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > काममा फर्किए पुनःनिर्माणका प्राविधिक
काठमाडौँ - KTMसमाज

काममा फर्किए पुनःनिर्माणका प्राविधिक

kit
Last updated: April 29, 2019 10:43 am
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
Follow:
Share
1 Min Read
SHARE

वैशाख १६, काठमाडौँ । भूकम्पपछिको पुनःनिर्माणमा कार्यरत प्राविधिक काममा फर्कन सहमत भएका छन् ।   नेपाल इञ्जिनीयर्स एसोशियसनको मध्यस्थतामा राष्ट्रिय पुननिर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकबीच आज भएको छलफलमा प्राविधिकले आफ्ना माग सम्बोधन भएकाले काममा फर्कने प्रतिबद्धता जनाएका हुन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपीडितको संवेदनशीलता र पुनःनिर्माणको महत्वलाई विशेष ध्यान दिन तथा स्थानीय तहमा पुनःनिर्माणको नेतृत्व लिन प्राविधिकलाई निर्देशन दिनुभयो ।

काममा नगई व्यावसायिक मूल्य मान्यता कायम नगरेको भेटिए प्राधिकरणले विभागीय कारवाही गर्ने भएको छ । “प्राविधिकका माग सम्बोधन भइसकेको अवस्थामा सम्पूर्ण प्राविधिक प्रतिबद्ध भई काममा लाग्नुपर्छ, काममा नगई व्यावसायिक मूल्य मान्यता कायम गर्न नसकेको भेटिए प्राविधिकलाई प्राधिकरणले विभागीय कारवाही गर्नेछ”, आज भएको निर्णयका बारेमा उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो ।

एसोशियसनका महासचिव छविराज पोख्रेलले इञ्जिनीयरिङ पेशाको गरिमालाई बढाउने गरी काम गर्न आग्रह गर्दै पुनःनिर्माणलाई ढिला गर्ने र अल्झाउने छुट प्राविधिकलाई नभएको बताउनुभयो । प्राविधिक अविनाश अमरले माग पूरा गरेकामा प्राधिकरण र एसोशियसनका पदाधिकारीलाई धन्यवाद दिनुभयो । प्राविधिकले अतिरिक्त भत्ता र सुविधाको माग राखी वैशाख १२ गतेदेखि आन्दोलन गर्दै आएका थिए । गत हप्ता बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिकलाई अतिरिक्त भत्ता र सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।

Share This Article
Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article रोल्पामा मुख्यमन्त्रीलाई तर्साउन ‘बम’ विस्फोट !
Next Article नेपाल बैंकको नाफा दुई अर्ब २४ करोड
Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

© Sajha Sabal Media - 2026. All Rights Reserved.