२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिणकाली नगरपालिकाको फोहोर व्यवस्थापनबारे स्थानीयको आपत्ति, के भन्छ नगरपालिका ?

२०७६, ३ असार मंगलवार १४:४०

असार ३, काठमाडौँ | दक्षिणकाली नगरपालिकाको फोहोर व्यवस्थापनमा नगरपालिकाले अनियमितता गरेको भन्दै केहि स्थानीयले आपत्ति जनाएका छन् | नगरपालिकाले वडा नम्बर १ मा फोहोर प्रशोधन केन्द्र खोल्ने सहमति गरि स्थानीय युवाहरुलाई झुक्काएर फोहोर व्यवस्थापनमा लापर्वाही गरेको स्थानीय युवाहरुको आरोप छ |

उनीहरुले नगरपालिकाले जम्मा गरेको फोहोर प्रशोधन केन्द्रमा ल्याई तत्कालै प्रशोधन गरि स्थानीयलाई नगन्हाउने, ठूलो परिणाममा फोहोर नथुपार्ने र तत्काल व्यवस्थापन गर्ने भनेपनि त्यसो नगरिएको भन्दै बिरोध जनाएका हुन् | स्थानीयले वडालाई समेत थाहा नदीई उक्त स्थानमा ठूलो परिमाणमा मापदण्ड र सहमति बिपरित फोहोर थुपारिएको भन्दै नगरपालिकाको कामप्रति बिरोध जनाएका हुन् | 


स्थानीयले लगाएको आरोपको बिषयमा नगरपालिकाका प्रवक्ता अम्रिका बलामीले समस्या मात्र देखाएर नहुने भन्दै समाधानको लागि नगरपालिकामा छलफलको लागि आउन आग्रह गरेका छन् | बलामीले हरेक १०/१२ ट्रक फोहोर उक्त स्थानमा जम्मा गरि त्यसलाई छानेर १/२ ट्रक मात्र ओखरपौवा लैजाने गरि आफूहरुले काम गर्न लागेको बताए | नगर भित्रको कुहिने फोहोर छानेर मलको रुपमा बेच्न सकिने हुँदा त्यसै अनुसार गर्ने नगरपालिकाको तयारी रहेको उनले बताए | 

उपमेयरको जग्गालाई बढी भाडा दिएर नगरपालिकाले फोहोर थुपारेको भन्ने स्थानीयको आरोपको खण्डन गर्दै बलामीले भने 'आरोप मात्र लगाएर भएन नि ! कसैले फोहोर प्रशोधन गर्ने जग्गा भाडा नदिएपछि बाध्य भएर उपमेयरको जग्गा प्रयोग गरिएको हो | उपमेयरको जग्गाको भन्दा कम भाडामा अरुले दिन्छु भने हामी त्यही स्थानमा फोहोर व्यवस्थापनको काम गर्न तयार छौं |' नगरपालिकाले फोहोरको व्यवस्थापन गर्न धेरै ठाउँ हेरेको उनले बताए | 


उनले भने 'फोहोर ल्याएर केलाउने र ओखरपौवामै लगेर ब्यवस्थापन गर्ने तयारी सहित जस्ताले बारेर फोहोर व्यवस्थापनको लागि प्रयास गरेका हौँ | फोहोर व्यवस्थापनको लागि थप नीतिहरु बनाउनु आवश्यक छ, हामीले पनि बुझेका छौं | स्थानीयलाई त्यो फोहोरको कारण समस्या नहोस् भन्नेमा हामी पनि चिन्तित छौं |' बिरोधमा उत्रिने स्थानीय युवाहरुलाई समस्या समाधानको लागि नगरपालिकामा छलफलको लागि आउन बलामीले आग्रह गरेका छन् | उनले फोहोर सम्बन्धि बिबाद १ महिनामा टुंगिने समेत बताएका छन् | उनले प्रत्यक शुक्रबार बिहान ७ बजे मेयर सहितको टोली र स्थानीय सहित मिलेर नगरपालिकाको फोहोर उठाउन हिड्ने गरेको बताए | 

बलामीले प्रधानमन्त्री रोजगार कोष मार्फत स्थानीय युवाहरुलाई नगरपालिकाको फोहोर लगायत बिभिन्न व्यवस्थापनको काम दिने तयारी भएको भन्दै समस्या मात्र नदेखाई समाधान लिएर नगरपालिका आउन स्थानीय युवाहरुलाई आव्हान गरेका छन् | 

स्थानीय युवाहरुको आपत्ति किन ? 

स्थानीय युवाहरुले नगरपालिकाले फोहोर फाल्ने ठाउँको लागि सूचना समेत नटासेको बताएका छन् | एक स्थानीय युवाले भने 'फोहोर प्रशोधनको लागि ठाउँ चाहियो भनेर सूचना टास गर्नु पर्थ्यो त्यसो गरिएन |'  फोहोर व्यवस्थित हुन्छ, त्यहाँ लगिएको फोहोर तत्काल फिल्टर हुन्छ भन्ने सोचेर आफूहरुले सोचेको भए पनि एकोहोरो फोहोर मात्र जम्मा गर्न थालेपछि बिरोध गर्नु परेको एक स्थानीयले बताए | नगरपालिकाले प्रक्रिया नपुर्याई उपमेयरको जग्गामा फोहोर प्रशोधन केन्द्र बनाएकोले आफूहरु असन्तुष्ट रहेको युवाहरुले बताए | स्थानीय युवाहरुले फोहोर प्रशोधनमा काम गर्नेको स्वास्थ्य बिमा र स्थानियलाई फोहोरको कारण कुनै महामारी आए जिम्मेवारीको ग्यारेन्टी गर्न माग गरेका छन् | उनीहरुले बिरोध गर्ने युवाहरुको नेतृत्व लिएको व्यक्तिलाई उपमेयर बसन्ती तामाङ (डंगोल)ले व्यक्तिगत रुपमा घरमा सल्लाह गर्न आउन भनेको प्रति समेत आफूहरुको ध्यानाकर्षण रहेको भन्दै नगरपालिकाले आधिकारिक रुपमा नगरपालिका बोलाएपछि मात्र छलफलमा जाने बताएका छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना