२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हेलो सरकारका गुनासा स्थानीय तहबाटै सम्बोधन’

२०७६, ९ कार्तिक शनिबार ०९:०९

कात्तिक ९, काठमाडौँ | सरकारले स्थानीय तहबाट नै जनताका गुनासो सम्बोधन गर्न थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको हेलो सरकार शाखाले ‘हेलो सरकार’को नयाँ सफ्टवेयर पोर्टल जडान गरेसँगै ७५३ वटै तहबाट जनताका गुनासो सम्बोधन हुने गरेका छन् । 

शाखाका प्रमुख शेखर पौडेलले साउनदेखि नयाँ पोर्टल जडान गरेपछि जनताका गुनासो सम्बन्धित स्थानीय तहबाट नै सम्बोधन हुन थालेको जानकारी दिनुभयो । त्यसका लागि हेलो सरकारले सबै स्थानीय तहलाई हेलो सरकारको ‘युजरनेम’ र ‘पासवर्ड’ दिएको छ । उक्त युजरनेममा हेलो सरकारमा आएका गुनासो सम्बन्धित ठाउँका स्थानीय तहमा पठाइन्छ र गुनासोलाई सम्बोधन गरिन्छ ।

“हामीले अब सिधैँ हामी कहाँ आएका गुनासो स्थानीय तहलाई पठाउँछौँ”, उहाँले भन्नुभयो, “ती गुनासोलाई सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र गुनासो सुन्ने अधिकारीले सम्बोधन गर्नेछन् ।”

पहिले हेलो सरकारमा आएका गुनासोलाई यहाँका कर्मचारीले सम्बन्धित निकायसँगको सहयोगमा सम्बोधन गर्ने गर्दथे ।

हेलो सरकारले सङ्घीय मन्त्रालय, विभाग, प्रदेश  मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई समेत हेलो सरकारको युजरनेम र पासवर्ड दिएको छ । यसले सम्बन्धित निकायमै गुनासो जाने गर्दछ र उनीहरुले नै गुनासोको फछ्र्यौट गर्नेछन् । ती निकायले गुनासो सम्बोधन भएको जानकारी भने हेलो सरकारलाई दिनुपर्ने हुन्छ । 

विसं २०६८ कात्तिक १७ गतेबाट तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताका गुनासो सम्बोधन गर्नका लागि हेलो सरकार सञ्चालनमा ल्याउनुभएको हो । 

नयाँ पोर्टल सञ्चालन भएपछि गुनासा घटे

हेलो सरकारको नयाँ पोर्टल सञ्चालन भएपछि गुनासाको सङ्ख्या घटेको छ । पहिलेको पोर्टलमा हेलो सरकारमा आएका जस्ता गुनासो पनि लिने गरिन्थ्ये भने अहिले ती आएका गुनासोलाई अवस्था हेरेर लिने गरिन्छ । 

“अहिले आएका गुनासोको व्यहोरा पूर्णरूपमा उल्लेख गरिएको छ कि छैन भनेर हामीले छलफल गरेर मात्र सम्बन्धित ठाउँमा ती गुनासो पठाउने गरेका छौँ”, हेलो सरकार शाखाकी शाखा अधिकृत हरिकला आचार्यले भन्नुभयो, “जसले गर्दा हेलो सरकारमा आउने गुनासाको सङ्ख्या घटेको हो ।”

उहाँका अनुसार गत वैशाख १ देखि असार समान्तसम्म एक हजार ८०९ गुनासो आएका थिए भने नयाँ पोर्टल सञ्चालन भएपछि साउनदेखि असोजसम्म एक हजार ७२ गुनासा आएका छन् । 

ट्वीटरबाट बढी गुनासा

यसैगरी सर्वसाधारणले हेलो सरकारमा पहिले फोनबाट बढी गुनासा राख्ने गरेता पनि अहिले ट्वीटरबाट बढी गुनासो राख्ने गरेको पाइएको छ । 

शाखाका शाखा अधिकृत किरण जोशीले दैनिक ट्वीटरबाट सयको सङ्ख्यामा गुनासो आउने गरेको बताउनुहुन्छ ।

फोनबाट भने दैनिक १५ को सङ्ख्यामा मात्र गुनासो आउने गरेका छन् । हेलो सरकारमा फोनसहित फेसवुक, ट्वीटर, भाइवर र इमेलमार्फत गुनासो लिइने गरिन्छ ।

फोनका लागि पैसा नलाग्ने नम्बर ११११, भाइवरका लागि ९८५११४५०४५ र इमेल [email protected]   रहेको छ । शाखा प्रमुख पौडेलले हेलो सरकारबारे जनचेतना जगाउन आवश्यक रहेको बताउनुहुन्छ । “अझै हेलो सरकारबारे सर्वसाधारणलाई थाहा छैन”, उहाँले भन्नुभयो, “त्यही भएर सर्वसाधारणलाई जानकारी दिनका लागि जनचेतना जगाउने कार्यक्रम ल्याउन थालेका हौँ ।”

उहाँले यसै आर्थिक बर्षमा जनचेतना कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । दैनिक दुई सयको सङ्ख्यामा हेलो सरकारमा सर्वसाधारणका गुनासो आउने गरेका छन् । अहिले बिहान ७ः०० देखि साँझ ९:०० बजेसम्म हेलो सरकारमा १६ कर्मचारी जनताका गुनासो सम्बोधन गर्न खटिएका छन् । गत आर्थिक वर्षमा हेलो सरकारमा १६ हजार १२० गुनासोमध्ये आठ हजार २२ गुनासो फछ्र्यौट गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा