२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा क–कसले गर्दैछन् मतदान ? (नामावलीसहित)

२०७७, ४ मंसिर बिहीबार ०७:११

मंसिर ४, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि हुन लागेको मतदानमा सहभागिता जनाउन पाउने सदस्यहरुको टुंगो लागेको छ । महासंघको निर्वाचन समितिले यही मंसिर ११–१३ गते हुन लागेको ५४ साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचनका लागि जिल्ला तथा नगर, वस्तुगत, एशोसिएट्स, द्धिराष्ट्रिय र संस्थापक सदस्यसहितको नामावलीलाई प्रकाशन गरेको हो । सो नामावलीमा परेका दाबी विरोधलाई समेटेर समितिले अन्तिम नामावली प्रकाशन गर्नेछ । 

समितिले प्रकाशन गरेको नामावली अनुसार जिल्ला तथा नगरतर्फ १ सय ७ वटा उद्योग वाणिज्य संघ छन् । त्यस्तै, १२ वटा जिल्ला तथा नगरतर्फबा १२ वटा संस्थापक सदस्यलाई पनि सो नामावलीमा समावेश गरिएको छ । 

त्यस्तै वस्तुगततर्फ विभिन्न संघ तथा विषयगत महासंघ समेत गरी १ सय १ संस्थाका प्रतिनिधि मतदानमा सहभागी हुनेछन् ।  उता, एशोसिएट्स समूहतर्फ कुल ९ सय २३ वटा व्यवसायिक फर्महरुले मतदान गर्न पाउनेगरी अन्तिम नामावली प्रकाशन गरिएको छ । द्धिराष्ट्रिय सदस्यको तर्फबाट १२ वटा उद्योग वाणिज्य संघहरुको प्रतिनिधित्व रहनेछ ।

महासंघको निर्वाचनमा उपाध्यक्षको निर्वाचन समूहगत प्रतिनिधिबाट हुनेछ । वरिष्ठ उपाध्यक्षका लागि भने जिल्ला तथा नगरतर्फबाट ५० प्रतिशत, एशोसिएट्सतर्फ ३० प्रतिशत र वस्तुगत समूहतर्फ २० प्रतिशत मतभार हुने व्यवस्था गरिएको छ । यसमा द्धिराष्ट्रिय समूह एशोसिएट्समा समेटिएको छ भने संस्थापक समूह जिल्ला तथा नगर सदस्यमा समावेश गरिएको छ । विशिष्ठ, मानार्थ सदस्य लगायतलाई पनि एशोसिएट्सकै हैसियत दिइए पनि उनीहरुलाई निर्वाचनमा सहभागी गराउने व्यवस्था छैन । 

हाल वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित प्रतिस्पर्धामा छन् । उपाध्यक्षतर्फ एशोसिएट्समा रामचन्द्र सांघाई तथा सौरभ ज्योति, जिल्ला तथा नगरमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ तथा वस्तुगतमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । 

हेर्नुहोस् नामावली 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै