2026-09-21 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोल्डेन बलमा मेस्सी बलियो, गोल्डेन बुटमा एमबाप्पेको चुनौती

मङ्सिर २८, काठमाडौँ | कतार विश्वकपको उपाधि भिडन्त गर्नुअघि नै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सर्वोत्कृष्ट खेलाडीलाई दिइने गोल्डेन बलका प्रमुख दावेदार बनेका छन्।

अर्जेन्टिनाले फाइनल पुग्नेक्रममा खेलेका ६ खेलमा मेस्सी चारवटामा प्लेयर अफ दी म्याच भएका छन्। यसअघि सन् २०१४ मा अर्जेन्टिना फाइनलमा जर्मनीसँग पराजित भएपनि गोल्डेन बल लियोनल मेस्सीलाई प्रदान गरिएको थियो।

त्यतिबेला पनि मेस्सी चार खेलमा प्लेयर अफ दी म्याच घोषित भएका थिए। विश्वकप इतिहासमा एकै खेलाडीले दुईपटक गोल्डेन बल जितेको इतिहास छैन।

जारी विश्वकपमा मेस्सीले सर्वाधिक ५ गोल र ३ असिस्ट गरेका छन्। दोस्रो स्थानमा रहेका फ्रान्सका केलियन एमबाप्पेको नाममा ५ गोल र दुई असिस्ट रहेको छ।

फ्रान्सकै ओलिभर जिरोड र अर्जेन्टिनाका जुलियान अल्भारेजले समान ४/४ गोल गरेका छन्। समूहगत चरणमा दुई गोल गरेका मेस्सीले नकआउट चरणका तिन खेलमा एक एक गोल गरेका छन्।

विश्वकपको दोस्रो सेमिफाइनलमा बुधबार साविक विजेता फ्रान्सले क्रोएसियासँग खेल्दै छ। एमबाप्पेले क्वाटरफाइनलमा गोल गर्न नसकेपछि मेस्सी र जिरोड गोल्डेन बुटको दौडमा उनीसँगै देखिएका थिए।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो