पढ्न करिब 1 मिनेट लाग्छ

मंसिर ४, काठमाडौं | निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने तिनै जना पक्राउ परेका छन् | पक्राउ पर्नेमा १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोर रहेका छन् |

बुधबार बिहान विशेष जोशीलाई पक्राउ गरेको हो भने,दुई जनालाई बिहिबार दिउँसो पक्राउ गरेको हो |

निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो अपलोड भएपछि नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्युरोलाई छानविन र अनुसन्धान गर्न पत्राचार गरेको थियो | महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार,सफिलले मोटरसाइकल चलाएका थिए भने पछाडि बसेका किशोरले श्रेष्ठमाथि अपशब्द प्रयोग गरेका थिए |

उनीहरुमाथि थप अनुसन्धान भइरहेको र कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ |