१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विज्ञापन ऐनको पालना नगर्नेलाई कारवाही

२६ पुष २०७७, आईतवार ०८:१६

पुस २६, काठमाडौँ | सरकारले विज्ञापन ऐनको पालना नगर्ने टेलिभिजन च्यानललाई कारवाही गर्ने भएको छ | सरकारले गत वर्ष विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ ल्याएपछि नेपाली टेलिभिजनले विदेशी डबिङ विज्ञापन रोक्नुपर्ने तर ऐन आएको १४ महिनासम्मसमेत उक्त कार्य नरोकेपछि विज्ञापन बोर्डले कारवाहीको तयारी गरेको हो |

विज्ञापन बोर्डले आज एक सूचना प्रकाशन गर्दै विज्ञापन ऐनको पालना नगर्ने टेलिभिजन च्यानललाई कारवाही गर्ने जनाएको हो । विज्ञापन ऐन आएको १४ महिना अर्थात् क्लिनफिड लागू भएको साढे दुई महिनासम्म कानूनअनुसार केही टेलिभिजन च्यानल प्रसारण नभएको भन्दै कारवाहीको तयारी गरिएको बोर्डका अध्यक्ष डिल्लीराम शर्माले जानकारी दिनुभयो |

उहाँका अनुसार यसअघि कानूनको पालना नगर्ने टेलिभिजन च्यानललाई लिखितरुपमा जानकारी गराइएको र पटकपटकको अनुरोधमा सुधार नआएपछि कारवाही हुनेछ | “कानूनको पालना गर्नु हामी सबैको कर्तव्य हो, एक पटक गल्ती गर्नेलाई छुट दिइन्छ, तर पटकपटक सोही गल्ती गर्नेलाई टछ, तर पटक पटक सोही गल्ती गर्नेलाई छुट नभएर कारवाही हुन्छ”, उहाँले भन्नुभयो |

विस २०७६ मा ल्याइएको विज्ञापन ऐनअनुसार २०७७ कात्तिक ८ गतेदेखि विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित प्रसारण भएका छन् | शुरुआती चरणमा केही च्यानल रोकिए पनि हाल सबै च्यानल पुनःविज्ञापनरहित रुपमा प्रसारण शुरु भइसकेको व्यवसायी बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु