माघ २१, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एक सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा तीन हजार पाँच सय ९७ जनाको पीसीआर परीक्षण गर्दा एक सय ४२ जनालाई कोरोना पोजेटिभ हो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७१ हजार चार सय ३१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुई सय ६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६७ हजार ६५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय ३५ रहेको छ ।
हाल्स्स्म सम्म २० लाख ८१ हजार ६ सय ९५ जनाकाे पीसीआर परीक्षण भएको छ ।