२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुत्केरीको रोदनः मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो…

२०७७, ६ चैत्र शुक्रबार ०९:५२

नारायण ढुङ्गाना । चैत ६, काठमाडौं । चौध वर्षअघि देवकुमार (दिपेश) भुजेल र विनिता राउतको पिरती बस्दा छुट्नुपर्ने कल्पना कहिल्यै गरेनन् । ओखलढुङ्गाको रावादोलु गाउँको वनपाखामा लुकीछिपी लगाएको पिरतीको डोरी अहिले चटक्क चुँडिएको देख्नेहरु जो कोहीको पनि मन अमिलो हुन्छ । 

अन्तरजातीय जोडीले भागी विवाह गरेरसँगै जीउने मर्ने वाचा गरेका थिए । ‘एक मुठी सास र एक थोपा रगत रहेसम्म तिमिलाई छाड्दिन’, देवकुमारले खाएको यो कसम विनिता झल्झली सम्झन्छिन् । भर्भराउदो ३१ वर्षे उमेरमा श्रीमती विनितालाई सुत्केरी भएकै बखत छाडेपछि पहिलेका वाचा कसम सबै झुठा ठहरिए । विगतमा उनका मिठामिठा सपनाले तानेर दुई जीवनलाई एक बनाएको थियो । काठमाडौँको काँडाघारीमा बस्ने देवकुमार २१ दिने सुत्केरी श्रीमती छाडेर फागुन २० देखि अलप भएपछि विनिताका भविष्यका सुन्दर सपना चकनाचुर बन्यो । 

उनी अहिले डेढ महिनाको सुत्केरी छिन् । ज्याला मजदूरी गर्नसक्ने अवस्थामा छैनन् । बाह्र वर्षकी जेठी छोरी सुमित्रालाई आमाको स्याहार गर्न मुस्किल छ । आर्थिक र पारिवारिक समस्याले चार पढेकी सुमित्राको पढाइ टुटेको छ । उनका घरमा खानेकुरा भए त छिमेकीले पकाइदिन्थे, तर मजदूरी नहुँदा अन्नको जोहो हुन सकेको छैन । मनकारीसँग विनिता आँखा रसाउँदै याचना गर्छिन्, ‘सुत्केरी मात्रै उतार्न पाए त काम गरेर दुई छोरी पाल्थेँ, सहयोगीले दुई–चार महिना सहयोग गरिदिए हुन्थ्यो ।’

विनितालाई श्रीमान्को ती बाचाले पोल्छ । श्रीमान् आफैँ एक्लै भागेका भए पनि उनलाई धेरै पीडा हुँदैनथियो । खोजीका लागि गहारगुहार गर्नुहुन्थ्यो । विनिताले श्रीमान्लाई अर्काकी श्रीमती लिएर भागेको आरोप लगाएकी छिन् । नजिकै बस्ने आफ्नै देउरानी अस्मिता आएर बेलाबेलामा खाना पकाउन सहयोग गर्छिन् । ‘आफ्नो भनौदाले त छाडेर गयो अर्काले यसरी कति दिन सहयोग गर्लान् र’, मन भक्कानो पार्दै विनिता भन्छिन्, ‘छाँगाबाट खसेजस्तो भएकी छु ।’

बिहीबार उनको घर पुग्दा खाटमा शिशु च्यापेर मलिन अनुहारमा बसिरहेकी विनिताको पीडा कम गराउन छिमेकीले साथ दिइरहेका थिए । गएको असारदेखि मासिक चार हजार घर भाडा तिरेको छैन । पसलबाट सामान ल्याएको उधारा तिर्न बाँकी नै छ । विगतमा श्रीमानले कमाएको पैसा मदिरा खाएर सक्ने गरेको विनिता सुनाउँछिन् । विलखबन्दमा परेकी विनितालाई आजकाल दैनिक गर्जो टार्न धौधौ भएको छ ।

सुत्केरी श्रीमती छाडेर हिँडेका श्रीमान्को आजसम्म अत्तोपत्तो छैन । उनका अनुसार त्यो दिन इलाममा बस्ने दिदीको घर जान्छु भनी बहाना बनाए घरबाट हिँडेका थिए । बीचमा फोन सम्पर्क हुँदा सप्तरीमा फागुन २८ मा साथीको बिहे छ, त्यो बिहे सकाएर जान्छु भनेको विनिता सुनाउँछिन् । त्यसदिन छिमेकी एक व्यक्तिले देवकुमारले मेरी श्रीमती भगाएर लग्यो भनेर आफूसँग कुरा गर्न आएको सुनाउने विनिता पनि केटी लिएर भागेको दोहोर्याउँछन्  ।

ती व्यक्तिले पनि श्रीमती खोजी पाउँ भनेर काँडाघारी प्रहरीमा उजुरी दिएका छन् । विनिताले केटी लग्यो भनेर उजुरी हाले छिट्टै आउनुस् भनेर श्रीमानलाई सप्तरीबाट फर्कन आग्रह गरिसन् । फागुन २९ गते बिहान घर हिँडे भनेर जानकारी दिएको मान्छे त्यसदिन पछि मोबाइल बन्द भएको विनिता सुनाउँछिन् । 

देवकुमार घर बनाउने मिस्त्री हुन् । विनिता गार्मेन्टको काम गर्थिन् । दुवैले चौध वर्षसम्म सँगै सङ्घर्ष गरे । दुवैले कहिले काठमाडौँ त कहिले भारत गई काम गरेर जीवन गुजारा गरे । केही सीप नलागेपछि धेरै कमाउने आशा बोकेर उनले श्रीमान्लाई २०७२ सालमा मलेसिया पठाइन् । त्यहाँ पनि कमाई नभएपछि एक वर्षमै फर्किएको र विदेसिँदा लागेको ऋण पछि मजदूरी गरेर तिरेको उनी बताउँछिन् ।

कमाइ नभए पनि दुवैले काम गर्दा परिवार राम्रै थियो । गत सालको बन्दाबन्दीपछि भने उनका दुःखका दिन शुरु भए । काम गर्ने ठाउँमा मजदुरी गर्ने एक महिलासँग हिमचिम बढेको विनिता बताउँछिन् । उनका अनुसार गएको मङ्सिरपछि भने घरमा नआउने, बाहिरबाहिरै बस्ने गर्न थाले । 

अर्की महिलासँगको लसपस चाल पाएपछि घर परिवारबाट छुटाउने प्रयास धेरै पटक भएको उनी सुनाउछिन् । दुवैलाई राखेर छलफल गराउँदा सुध्रने प्रतिबद्धता पनि आएको छिमेकी (विनिताकी देउरानी) अस्मिता भुजेल बताउँछिन् । उनी पनि त्यही महिला लिएर भागेको जिकिर गर्छिन् । फागुन २० गते २१ दिने सुत्केरीलाई अलपत्र पारी उनी हराएका छन् । अहिले विनिताले पनि प्रहरीमा श्रीमान्को खोजी गरी पाउँ भनेर निवेदन दिएकी छिन् । मोबाइल बन्द भएकाले खोजी गर्न नसकिएको प्रहरी बताउँछन् । 

प्रहरी निरीक्षक रुपेन्द्र श्रेष्ठ दुवै परिवारको तर्फबाट हराएकाले खोजी गरी पाउँ भनेर निवेदन परेकाले खोजी जारी रहेको बताउँछन् । घटनामा उनीहरु संलग्न भए नभएको भने फेला परेपछि मात्रै थाहा हुने उनको बनाइ छ । अशिक्षा, पुरुषको स्त्रीप्रतिको आशक्ति, महिलाप्रति हुने हेय व्यवहार, पुरानो सामाजिक मूल्य मान्यताका कारण कानूनमा कडाइ गरे पनि समाजमा अर्को लिएर भाग्ने क्रम रोकिएको छैन । 

यौनाशक्ति, आर्थिक समस्या र मानसिकरुपमै मानवीय कमजोरीका कारण यस्ता समस्या निम्तिने मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना बताउँछन् । उनका अनुसार केही महिलाले अर्को महिलाको पीडा बुझ्नुभन्दा पनि विवाहोत्तर सम्बन्धका घटना हुने गरेको छ । प्रहरी प्रधान कार्यालका अनुसार घरमा श्रीमती हुँदाहुँदै अर्को महिला भगाएको भनेर बेलाबेलमा उजुरी आइरहेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १७५ मा बहुविवाह गर्न नहुने र यसरी विवाह भएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद र रु दश हजारदेखि ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ । दोस्रो विवाह स्वतः बदर हुने कानूनी व्यवस्थासमेत रहेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने