2026-11-03 02:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

छोरासँग मिलेर श्रीमानको हत्या

चैत ६,बागलुङ । बागलुङमा एक महिलाले छोरासँग मिलेर आफ्नै श्रीमानको हत्या गरिएको आशङ्का गरिएको छ ।  जिल्लाको गलकोट नगरपालिका–४ चमुवाकी ३८ वर्षीया कुमारी सार्कीले २० वर्षीय छोरा अनिल सार्कीसँग मिलेर ४० वर्षीय श्रीमान् धनबहादुर सार्कीको हत्या गरिएको आशङ्का प्रहरीको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार यही चैत १ गते राति घरमा विवाद हुँदा आमाछोरा मिलेर ४० वर्षीय सार्कीलाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका सार्कीलाई उपचार नगराएर घरमै राखेको अवस्थामा उनको चैत ३ गते मृत्यु भएको थियो । 

कुटपिटबाट सार्कीको निधन भएको आशङ्का गाउँलेले गरेपछि प्रहरीले घटनास्थलमा पुगेर छानविन शुरु गर्यो । घटना अनुसन्धानकै क्रममा रहे पनि आमाछोरा मिलेर हत्या भएको हुनसक्ने प्रहरीको आशङ्का छ । प्रहरीले आमाछोरालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

‘मदिरा सेवनका कारण घरायसी विवाद आएको देखिन्छ, आमाछोराले कुटपिट गरेपछि लडेर चोट लागेको जस्तो बनाउन थालेका रहेछन्’ उनले भने, ‘३ गते मृत्यु भइसकेपछि छिमेकीले थाहा पाए, शरीरमा चोटपटक रहेछ, अनुसन्धानका क्रममा काठको आउलो प्रहार गरेको पाइएको छ, थप अध्ययन भइरहेको छ ।’

आमाछोरा मिलेर हत्या गरेको भन्दै मृतकका दाजु ६० वर्षीय जुठे सार्कीले जिल्ला प्रहरी कार्यालय बागलुङमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गराएपछि प्रहरीले मृतकका श्रीमती कुमारी सार्की र उनका छोरा अनिल सार्कीलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी