२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करोडौँको ठगि गर्नेलाई तीन लाखमै उन्मुक्ति !

२०७८, १३ बैशाख सोमबार ११:०१

वैशाख १३, काठमाडौँ | उपभोक्ता ठग्नेहरुलाई नेपालमा कति सहज छ भन्ने कुराको उदाहरण स्पष्ट देखिने गरि पछिल्लो पटक वाणिज्य बिभागले एक हार्डवेयरलाई उन्मुक्ति दिएको छ ।

कुरा के छ भने गत २० गते बालाजुस्थित राजेश हार्डवेयरका सञ्चालक कमल शर्मा पक्राउ परे । उनलाई पक्राउ गर्न पर्नुको कारण थियो – राजेश हार्डवेयरले बेचेको सामानको बिलमा भन्दा उपभोक्ताले कम तौल सामान पाएका थिए । राजेश हार्डवेयरले यसरी कहिलेदेखि ठगि गरिरहेको थियो थाहा छैन तर पनि तौलमा १५ प्रतिशतसम्मको असमानताको प्रमाण सहित ठगि भएको प्रमाणित भएपछि मिलिमतोमा जम्मा तीन लाखको जरिवानामै उन्मुक्ति दिएको उपभोक्ताहरुको गुनाशो छ । 

प्रहरी, नापतौल विभागका कर्मचारी, वाणिज्य विभागका कर्मचारी र उपभोक्ता अधिकारकर्मीलाई बोलाएर महासङ्घले छापा मार्दा हार्डवेयरले स्टिल, फलामको छड तथा अन्य फलामजन्य वस्तुको तौलमा कम्तीमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म तौल फरक पारेर ठगि गरेको प्रमाणित भएको थियो ।


राजेश हार्डवेयरले ठगि गरेको पुष्टि भएपछि सञ्चालक मनोज शर्मालाई पक्राउ गरिएको थियो । त्यस्तै उक्त हार्डवेयरको सामानको वाणिज्य विभाग र गुणस्तर तथा नापतौल विभागको संयुक्त टोलीले मुचुल्का बनाएरै नियन्त्रणमा समेत लिएको थियो । ठगि गरेको पुष्टि भएपछि वाणिज्य विभागले राजेश हार्डवेयरलाई ३ लाख जरिवाना गर्दै थप अनुसन्धान हुने बताएको थियो । तर अहिले बाणिज्य बिभागके राजेश हार्डवेयरको सिल गरिएको सामान खुला गरिसकेको छ । 

विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ को उपदफा २ क बमोजिमको कसुर गरेको ठहर गर्दै दफा ३९ को उपदफा १ ख बमोजिम अधिकतम सजायबापत ३ लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ । 

वर्षौंदेखि कम तौलको सामान दिएर ठगी गरि करोडौं कमाएको हार्डवेयरलाई मिलिमतोमा तीन लाख मात्र जरिवाना गराएर छाड्न आँटेपछि उपभोक्ता अधिकार्मीहरुले ध्यानाकर्षण भएको जनाएका छन् । बिभागको यस्तो फितलो कारवाहीको कारण ठगिमा संलग्नहरु उत्साहित भएर थप ठगिको गतिबिधि मौलाउने बताइएको छ । सम्बन्धित निकायहरुले प्रमाण सहित ठगिको क्रियाकालाप देख्दादेख्दै पनि जम्मा तीन लाख जरिवानामै उन्मुक्ति दिन्नु चरम मिलिमतोको आशंका रहेको बताइएको छ  । उक्त हार्डवेयरमा रेड हान्ने क्रममा गएकाहरु समेत अहिले तै-चुप, मै-चुपको अवस्थामा छन् । यो अवस्थामा बिभागका अधिकारीहरुले भने अझै अनुसन्धान हुने भन्दै पानीमाथिको ओभानो हुने प्रयास गरिरहेका छन्  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ