Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अझै मनसुनी गतिविधि बढ्ने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २२, काठमाडौँ (रासस)। अझै दुई दिन मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी विशेष बुलेटिनका अनुसार उत्तर–पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना छ ।

हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश नं १, बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

राति देशभर सामान्य बदली र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव पाँच डिग्री  र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव पाँच डिग्री सेल्सियस छ ।