<p><b>पुस ३, काठमाडौँ |</b> प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजे बस्ने गरी सर्वदलीय बैठकको आह्वान गरेका हुन्। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले आइतबार ४ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिए।<br></p><p>बैठकमा संघीय संसदमा जारी अवरोध र एमसीसीबारे छलफल हुने बताइएको छ। एक मन्त्रीका अनुसार एमसीसीलाई संसदमा लैजाने विषयमा छलफल हुनेछ। ‘संसदमा जारी अवरोध अन्त्य गर्ने र एमसीसीलाई संसदको एजेण्डा बनाउनेबारे सर्वदलीय बैठक बोलाउने कुरा भएको छ,’ ती मन्त्रीले भने।</p><p>संघीय संसद्का दुवै सदनमा एमालेले अवरोध गर्दै आएको छ। त्यस्तै, अमेरिकासँग गरिएको एमसीसी सम्झौता लामो समयदेखि संसदमा दर्ता भएर बसेको छ। उक्त सम्झौता संसदबाट पास गर्नका लागि अमेरिकाले दबाब दिँदै आएको छ। तर सत्तारुढ दलहरूबीच नै एकमत नहुँदा एमसीसी सम्झौता अगाडि बढ्न सकेको छैन। सर्वदलीय बैठकमा संसद्मा रहेका सबै राजनीतिक दलहरूलाई बोलाइएको बताइएको छ।</p>
प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान, एमसीसी मुख्य एजेण्डा
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

