गिजा र धमनी सुन्निनुबीच ‘हर्ट अट्याक’को बलियो संकेत !

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

कमल बिक्रम जिसी, पुस ३, काठमाडौँ | हृदयघातका कारणहरू उच्च रक्तचाप, उच्च कालेस्ट्रोल, जेनेटिक डिसअर्डर र बढ्दो उमेर आदि हुन्। तर, कार्डियोभास्कुलर डिजिजका केही संकेतहरुलाई भने मानिसहरूले ध्यान नै दिएका हुँदैनन्। एक अध्ययनका अनुसार मुखभित्र देखिने केही लक्षणले हृदयाघातको संकेत गर्छ। ​

फोरसिथ इन्स्टिट्युट र हारवर्ड युनिभर्सिटीका वैज्ञानिकले गरेको अनुसन्धान कंडस्ट जर्नल अफ पीरियोडोन्टलमा छापिएको छ। जसमा पीरियडोन्टाइटिस समस्या भएका व्यक्तिहरूलाई मुटुसँग सम्बन्धित रोग लाग्ने जोखिम धेरै हुन्छ। डाक्टरका अनुसार गिजा र धमनी सुन्निनुबीच बलियो सम्बन्ध रहेको पाइयो।

जुन स्ट्रोक, हर्ट अट्याक र मुटु रोगसँग सम्बन्धित बिरामीको कारण भएको पत्ता लाग्यो। यस अनुसन्धानमा ३०४ जना सहभागी थिए। सुरुवातमा यी व्यक्तिहरूको धमनी र गिजाको परीक्षण गरियो। त्यसपछि ४ वर्षपछि पनि सोही परीक्षण गर्दा १३ जनामा मुटुरोग भएको पत्ता लाग्यो। यस अनुसन्धानका अनुसार धमनी र गिजामा समस्या हुनेहरूमा मुटुरोग हुने पाइयो।

अनुसन्धानकर्ताका अनुसार पीरियोडोन्टल डिजिजभन्दा पहिला जो व्यक्तिहरूमा हड्डीसँग जोडिएका समस्या थिए ती व्यक्तिहरूलाई मुटु रोगको खतरा कम थियो। तर जसको गिजा सुन्निने समस्या थियो तिनीहरूमा मुटु रोगको समस्या देखियो।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply