2026-07-11 05:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान, एमसीसी मुख्य एजेण्डा

2021-12-18

पुस ३, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजे बस्ने गरी सर्वदलीय बैठकको आह्वान गरेका हुन्। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले आइतबार ४ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिए।

बैठकमा संघीय संसदमा जारी अवरोध र एमसीसीबारे छलफल हुने बताइएको छ। एक मन्त्रीका अनुसार एमसीसीलाई संसदमा लैजाने विषयमा छलफल हुनेछ। ‘संसदमा जारी अवरोध अन्त्य गर्ने र एमसीसीलाई संसदको एजेण्डा बनाउनेबारे सर्वदलीय बैठक बोलाउने कुरा भएको छ,’ ती मन्त्रीले भने।

संघीय संसद्का दुवै सदनमा एमालेले अवरोध गर्दै आएको छ। त्यस्तै, अमेरिकासँग गरिएको एमसीसी सम्झौता लामो समयदेखि संसदमा दर्ता भएर बसेको छ। उक्त सम्झौता संसदबाट पास गर्नका लागि अमेरिकाले दबाब दिँदै आएको छ। तर सत्तारुढ दलहरूबीच नै एकमत नहुँदा एमसीसी सम्झौता अगाडि बढ्न सकेको छैन। सर्वदलीय बैठकमा संसद्मा रहेका सबै राजनीतिक दलहरूलाई बोलाइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै