३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकै होची महिला एलिफको निधन !

१८ पुष २०७८, आईतवार ०८:५०

पुस १८, काठमाडौँ | विश्वकै होची महिलाको रुपमा सन् २०१० मा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने एलिफ कोकामनको बिहीबार निधन भएको छ। ३३ वर्षकी एलिफको निमोनियाबाट निधन भएको हो।

मंगलबार अचानक बिरामी परेपछि एलिफलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गरेपछि उनको अवस्था बिग्रँदै गएपछि बिहीबार उनको निधन भएको हो। टर्कीको स्थानीय सञ्चारमाध्यमका अनुसार एलिफको शरीरका अंगहरूले काम गर्न छोडेको थियो।

उनी टर्कीको उस्मानिया प्रान्तको कादिर्ली शहरका बासिन्दा हुन् । एलिफको लम्बाइ ७२.६ सेन्टिमिटर अर्थात् २.५ फिट थियो। उनको जन्म हुँदा पनि उनको तौल नाप्दा उनी १.६ किलोग्राम थिइन्।

‘मिरर’ मा प्रकाशित समाचार अनुसार सन् २०१० मा एलिफको नाम गिनिज वल्र्ड रेकर्डमा एक वर्षसम्म दर्ता भएको थियो। सन् २०११ मा अमेरिकाकी ब्रिजेट जोर्डनले एलिफको सबैभन्दा होची केटीको कीर्तिमान तोडेकी थिइन्, उनको उचाइ ६९ सेन्टिमिटर अर्थात् २.३ फिट थियो। जोर्डनको मृत्यु सन् २०१९ को जुनमा भएको थियो। अब यो विश्व कीर्तिमान भारतकी ज्योति किसानजी आमगेको नाममा दर्ता भएको छ। उनको लम्बाइ ६२.८ सेन्टिमिटर अर्थात २.०६ फिट थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट