४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारी हिमपातमा हजारौं पर्यटक फसे, २१ जनाको मृत्यु, १० जना कारभित्रै जमे

२५ पुष २०७८, आईतवार ००:५५

पुस २५, काठमाडौँ | एजेन्सी | पाकिस्तानको पन्जाबको पहाडी क्षेत्र मुर्रीमा भएको भारी हिमपातको कारण हजारौं पर्यटकहरु बीच बाटोमै फसे । जसमा सवारीको संख्या मात्र १००० बढी रहेको बताइएको छ । 

बिबिसीको रिपोर्ट अनुसार, शनिवार भएको यो घटनाको कारण १० बच्चा सहित २१ को मृत्यु भएको छ । मृत्यु हुनेहरुमध्ये कम्तिमा १० जनाको मृत्यु कारमा बस्दा-बस्दै जमेर भएको हो ।


कारमा बस्दाबस्दै मृत्यु भएको भिडियोको दर्दनाक दृष्य सहितको भिडियो सामाजिक संजालमा भाइरल भईरहेको छ । स्थानीय संचारमाध्यमहरुको अनुसार मृत्यु हुनेहरुमा एक प्रहरीकर्मी, उनकी श्रीमती र ६ जना बच्चा समेत रहेका छन् । साथै अर्को एक परिवारको पनि ५ जना सदस्यको मृत्यु भएको खबर छ । एक पर्यटक उस्मान अब्बासीले फोनमा बताए अनुसार  त्यहाँको अवस्था भयानक छ । हिमपातका कारण पर्यटकहरुको सवारी सडकमै फसेको र सो क्रममा हजारौं सवारीहरु जाममा फसेको छ । त्यस क्रममा भारी हिमपात भएको बताइएको छ । 

रिपोर्ट अनुसार सबै मानिस उक्त स्थानमा हिमपातको आनन्द लिन त्यहाँ पुगेका थिए, तर शनिवार फर्कने क्रममा सडकमै फसेका हुन् । पाकिस्तानका गृहमंत्री शेख राशिदका अनुसार, मुर्रीमा यो स्थिति आउनु अघि पछिल्लो केहि दिन यता १ लाख भन्दा बढी पर्यटक सवारीहरु पुगेका थिए ।


पाकिस्तानको राजधानी इस्लामाबादबाट उत्तरमा पर्ने मुर्री समुन्द्र सतहदेखि करीब ७५०० फिटको ऊंचाईमा अवस्थित छ ।  यसलाई १९ औं सताव्दीमा ब्रिटिश सेनाले आफ्नो मेडिकल बेसको रुपमा प्रयोग गरेको थियो । पहाडी क्षेत्र भएको कारण पर्यटकहरुको रक्षाको लागि पाकिस्तानी सेनाले रेस्क्यू अपरेशन गरिरहेको छ । तर उनीहरुलाई उक्त स्थानबाट पर्यटकको रेस्क्यू गर्न धेरै समस्या भईरहेको छ।

हिमपातको कारण बाटोमा चिसोबाट जुधीरहेका पर्यटकहरुलाई कारबाट निकालेर सरकारी भवन तथा स्कूलमा पुर्याइदै छ । जहा स्थानीयहरुले ओड्ने कम्वल र खाना उपलब्ध गराएका छन् ।


पाकिस्तानका प्रधानमन्त्री इमरान खानले हिमपातको कारण मृत्युको खबरलाई लिएर दु:ख व्यक्त गरेका छन् । इमरानले सामाजिक संजालमा भनेका छन्- मौसमको जानकारी नलिई ठूलो संख्यामा पर्यटकहरु त्यहाँ पुग्नु र भयानक हिमपातबाट जुध्न परेकाले स्थानीय निकायको पर्याप्त तयारी थिएन । यसको अनुसन्धान हुँदैछ ।'


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’