३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा कोरोनाको कारण २४ घण्टामै २४३४ जना अस्पताल भर्ना, एकै दिन ३१३ जनाको मृत्यु

२५ पुष २०७८, आईतवार ०१:२२

पुस २५, लन्डन | एजेन्सी | बेलायतमा कोरोना महामारी सुरु भएपछि कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख पचास हजार नाघेको छ । बेलायतको 'डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर' ले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना सङ्क्रमितहरुको मृत्यु भएको छ । यो संगै कुल मृतक सङ्ख्या एक लाख पचास हजार ५७ पुगेको हो । 

बेलायतमा कोरोना सङ्क्रमणको मृत्युको गणनाको नियम अनुसार संक्रमण पुष्टि भएको २८ दिनभित्र कसैको ज्यान गएमा कोरोनाकै मृतकको रूपमा घोषणा गर्ने गरिएको छ । विश्वमा कोरोनाका कारण मृत्यु हुने सङ्ख्या एक लाख पचास हजार नाघ्ने  मुलुकमा अमेरिका, ब्राजिल, भारत, रसिया, मेक्सिको र पेरु रहेका छन् । अब बेलायत पनि उक्त सूचीमा समावेश भएको छ । बेलायत सातौँ स्थानमा पर्दछ । 

बेलायतमा पछिल्लो २४ घण्टामा थप एक लाख ४६ हजार ३९० जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै बेलायतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक करोड ४३ लाख ३३ हजार ७९४ पुगेको छ । कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण बढेपछि बेलायतमा हाल सङ्क्रमण दर तीव्र रूपमा फैलिएको छ । अघिल्लो हप्ता  दैनिक सङ्क्रमण दुई लाख बीस हजार नाघे पनि पछिल्ला दिनमा सङ्क्रमण दर केही ओरालो लागेको छ । सङ्क्रमण दरमा आएको तीव्रताका कारण बेलायतका अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । 

कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई हजार ४३४ जना अस्पताल भर्ना भएका छन् । बेलायतका अस्पतालमा कोरोनाका कारण  भर्ना हुनेको सङ्ख्या अठार हजार ४५४ पुगेको  छ ।  त्यस्तै ८६८ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको १३ करोड ४८ लाख २६ हजार २४३ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड १९ लाख १९ हजार ८१५ जना अर्थात् ९०.३ प्रतिशतले खोपको पहिलो र ४ करोड ७६ लाख ३२  हजार ४८३ जना अर्थात् ८२.२ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ । यसैगरी ३ करोड ५२ लाख ७३ हजार ९४५ अर्थात् ६१.३ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’