फागुन १,काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसि) नेपालले प्रणय दिवस लाई लक्षित गर्दै नयाँ बीमा योजना ‘जीवन साथी ’बजारमा ल्याएको छ । बुधबार एक कार्यक्रमका अवसरमा कम्पनीले उक्त बीमा योजना सार्वजानिक गरेको हो ।

यो बीमा योजना अनुसार बीमितहरूले अब आफ्नो जीवन साथीको निःशुल्क रूपमा ‘जीवन बीमा’ गराउन पाउने भएका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआइसि नेपालले ‘जीवन साथी बीमा योजना’ल्याए सँगै बीमितहरूले यस्तो सुविधा पाउने भएका छन् ।

जीवन साथी बीमा योजना अनुसार कुनै पनि व्यक्तिले आफ्नो जीवन बीमा गर्दा नीजका पति वा पत्नीको निःशुल्क रूपमा बीमा हुने छ ।यस योजनाअनुसार बीमा अवधिमा बीमितको निधन भएमा इच्छाएको व्यक्तिले बीमांक र बोनस रकम पाउनेछन् । बाँकी अवधिसम्म निजको पति/पत्नीको बीमांकको ५० प्रतिशत बराबरको निःशुल्क बीमा हुने कम्पनीले जनाएको छ ।

जीवन साथी बीमा योजना अन्तर्गत बीमा गर्दा न्यून बीमाशुल्कमा उच्च लाभ लिन सकिने कम्पनीको दाबी छ । साथै, यस बीमा योजनामा सरिक हुनेहरुले अधिकतम रू.७५ लाखसम्मको दुर्घटना लाभ बीमा पनि समावेश गरिएको छ ।

Related News