१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तनहुँमा गठबन्धन दलमा सहमति भएन, एक्लाएक्लै उम्मेद्‌वारी दिँदै

१२ बैशाख २०७९, सोमबार ०५:२१

वैशाख १२, तनहुँ | तनहुँमा सत्तारुढ दलको गठबन्धनमा सहमति जुट्न नसकेपछि एक्लाएक्लै उम्मेद्वारी दिने तयारी गरिएको छ । मनोनयन दर्ताको अन्तिम दिनसम्म पनि जिल्लामा गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच सहमति जुट्न सकेको छैन । भागबन्डमा सबै दलको आ-आफ्नै अडान छ । सुरुदेखिको अडान उस्तै छ ।

सोमबार बिहान बसेको गठबन्धन दलको बैठक विनानिष्कर्ष टुंगिएपछि एक्लाएक्लै उम्मेद्वारी दिने तयारी भएको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए । ‘बैठकमा सहमति जुट्न सकेन । सुरुमा जे अडाज थियो । अहिले पनि त्यही अडान छ । अब एक्ला एक्लै उम्मेद्वारी दर्ता गराउँछौँ’, उनले भने । 

गठबन्धनमा सहमति भइनसके पनि च्याप्टर क्लोज भने नभएको उनको भनाइ छ । उनले सहमतिका लागि अझै समय रहेको बताए । ‘मनोनयन दर्तापछि पनि सहमतिको प्रयास हुनेछ’, उनले भने । 

मनोनयनको अन्तिम दिनसम्म पनि दलहरूले उम्मेद्वार टुंगो लगाउन सकेका छैनन् । वडा सदस्यदेखि स्थानीय तहको प्रमुखको उम्मेद्वार टुंगो लगाउनलाई दलहरू यतिबेला व्यस्त छन् । 

आइतबार मनोनयन दर्ताको पहिलो दिन जिल्लामा निकै कमले उम्मेद्वारी दर्ता गराएका छन् । दोस्रो दिन आज पनि यतिबेलासम्म निर्वाचन अधिकृतको कार्यालयमा भीडभाड देखिँदैन । नेकपा एमालेले १२ बजेपछि जिल्लाभर एकसाथ मनोनय दर्ता गराउने जनाएको छ । यद्यपि, एमालले पनि अहिलेसम्म उम्मेद्वारको सुची सार्वजनिक गरेको भने छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल