१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मार्टिनेजले ट्रोल बनाएकोमा एमबाप्पेको प्रतिक्रिया- सेलिब्रेसन मेरो समस्या होइन, अर्थहीन कुरामा शक्ति

१४ पुष २०७९, बिहीबार ११:१९

पुष १४, काठमाडौँ | विश्वकप विजेता अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले आफूलाई ट्रोल बनाएको विषयमा केलियन एमबाप्पेले त्यसलाई निजी विषयका रुपमा उल्लेख गरेका छन् ।

‘सेलिब्रेसन मेरो समस्या होइन । त्यस्ता अर्थहीन विषयमा शक्ति खर्च नगरौं । मेरो लागि महत्वको विषय भनेको मेरो क्लबका लागि सकेसम्म राम्रो गर्नु हो’, बुधबार राति लिग वानमा स्ट्रासबर्गलाई हराएपछि २३ वर्षीय एमबाप्पेले भने ।


यसअघि विश्वकप जितेर घर फर्किएपछि आयोजित विजयी र्‍यालीमा मार्टिनेजले एमबाप्पेलाई ट्रोल बनाएका थिए । त्यसअघि अवार्ड थापेपछि पनि उनले अश्लील पोज दिएका थिए । फाइनलमा एमबाप्पे प्रेरित फ्रान्सलाई हराएर अर्जेन्टिना विश्व विजेता बनेको थियो ।

टाइब्रेकरमा पुगेको खेलमा मार्टिनेज निर्णायक बनेका थिए । उक्त खेलमा एमबाप्पेले ह्याट्रिक गरेका थिए भने उनकै क्लब सहकर्मी लियोनल मेस्सीबाट पनि दुई गोल भएको थियो । विश्वकपमा गोल्डेन बुट जितेका एमबाप्पेले मेस्सीलाई क्लबमा पर्खिरहेको बताएका छन् ।

‘गोल गर्न र खेल जित्न हामी उनलाई पर्खिरहेका छौं । खेलपछि उनीसँग मेरो कुराकानी भएको थियो र मैले बधाई दिएको थिएँ । जीवनभर उनले खोजेको कुरा थियो त्यो, मेरो हकमा पनि त्यही हो । तर, म असफल भएँ’, एमबाप्पेले विश्वकपका गोल्डेन बल विजेता मेस्सीबारे भनेका छन् ।

मेस्सी यतिवेला अर्जेन्टिनामै छन् र क्लबमा फर्किसकेका छैनन् । जनवरीको दोस्रो सातामात्र उनी पीएसजीमा सहभागी हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह