१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवनिर्वाचित घिमिरेलाई न्यौपानेको आग्रह- मत हाल्ने र नहाल्ने सबैको अभिभावक बन्नुस्

५ माघ २०७९, बिहीबार ११:३४

माघ ५, काठमाडौँ | नेपाली कांग्रेसकी सभामुख उम्मेदवार ईश्वरीदेवी न्यौपानेले नवनिर्वाचित सभामुख देवराज घिमिरेलाई सिंगो संसद्को अभिभावक बनेर काम गर्न शुभेच्छा प्रकट गरेकी छन् ।


प्रतिनिधिसभाको बैठकपछि सांसद् न्यौपानेले घिमिरेलाई संसद्को अभिभावक बनेर काम गर्न शुभकामना व्यक्त गरेकी हुन् । ‘उहाँ सभामुखमा निर्वाचित हुनुभएको छ । मत हाल्ने र नहाल्ने सबैको, सिंगो संसद्को अभिभावक बनेर काम गर्नुस्; बधाई र कार्यसफलताको शुभकामना व्यक्त गर्दछु,’ उनले भनिन् ।

उनले आफूलाई निर्वाचन प्रक्रियामा समर्थन र सहयोग गर्नेहरूप्रति धन्यवाद ज्ञापन गरिन् । ‘यो संसदीय व्यवस्था हो । यो व्यवस्था र प्रजातन्त्रमा मेरो पार्टी विश्वास राख्दछ । त्यहीकारण म सभामुखको निर्वाचन प्रक्रियामा सहभागी भएँ,’ उनले भनिन्, ‘मलाई मत दिने, मलाई समर्थन जनाउने सबै दल र सांसदहरूप्रति धन्यवाद ज्ञापन गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्सनल र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै बाँडे अंक इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सानदार जित करोड बढीको कारोबार गर्दै सम्पन्न भयो १८ औँ गोदावरी पुष्प मेला, ४३ हजारले गरे अवलोकन प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भूभागमा वर्षाको सम्भावना पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले?