नवलपरासीका पिडित किसानहरु सुगर मिलको दुर्गन्धित पानीबाट धानबाली नष्ट भएपछि चरणबद्ध आन्दोलनमा
रबिन्द्र यादव/ असार २७, नवलपरासी । नवलपरासीका सुगर मिलको फोहोर र दुर्गन्धित पानीबाट भएको धानबाली, तरकारी खेती र केरा खेती नष्ट भएपछि किसानहरु आन्दोलित भएका छन् । सुगर मिलको दुर्गन्धित पानीबाट आफुहरुको बालीनाली नष्ट भएपछि उनीहरु आन्दोलीत भएका हुन् ।


