साउन २२, पाल्पा । तानसेन नगरपालिका– ११ रक्साहस्थित गुप्ता नर्सरीबाट वार्षिक रु २० लाख बराबरको फूलको बिरुवा भारतमा निर्यात हुने गरेको छ । व्यावसायिक फूलको खेती गर्न उपयुक्त रहेको पाल्पाबाट भारतमा ठूलो मात्रामा निर्यात हुने गरेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २२, पाल्पा । तानसेन नगरपालिका– ११ रक्साहस्थित गुप्ता नर्सरीबाट वार्षिक रु २० लाख बराबरको फूलको बिरुवा भारतमा निर्यात हुने गरेको छ । व्यावसायिक फूलको खेती गर्न उपयुक्त रहेको पाल्पाबाट भारतमा ठूलो मात्रामा निर्यात हुने गरेको छ । 

2026-06-25 12:42 AM
काठमाडौँ - KTM

बीस लाख फूलको बिरुवा भारतमा निर्यात

2016-08-06

साउन २२, पाल्पा । तानसेन नगरपालिका– ११ रक्साहस्थित गुप्ता नर्सरीबाट वार्षिक रु २० लाख बराबरको फूलको बिरुवा भारतमा निर्यात हुने गरेको छ । व्यावसायिक फूलको खेती गर्न उपयुक्त रहेको पाल्पाबाट भारतमा ठूलो मात्रामा निर्यात हुने गरेको छ । 

फूलका बिरुवा भारतका अलावा नेपालका विभिन्न स्थानमा समेत निर्यात हुँदै आएको छ । गर्मी र चिसो दुबै मौसममा पाल्पामा व्यावसायिक फूलखेती गरिन्छ । 

नेपालका घरमा अहिले सजावट र होटल तथा पाहुनाको स्वागतका लागि पनि पाल्पामा हुर्किएको फूलको बिरुवा निर्यात भएको गुप्ता नर्सरी पाल्पाका प्रोपराइटर राजेश गुप्ताले बताउन्ुभयो । अहिले मानिस सजिसजाउ घर, हरियो र रङ्गीचङ्गी आँगन भएको हेर्न चाहन्छन् गुप्ताले भन्नु भयो । 

पछिल्ला पाँच सात वर्षदेखि फूलको व्यापार फस्टाएको छ । २०÷३० लाखदेखि करोडौँको घर बनाउँदा फूल आगन, ढोका, गेस्ट रुममा राख्ने प्रचलन बढेको छ । पाल्पामा गर्मी र जाडो दुबै मौसममा फूल उत्पादन गर्न सकिने भएकाले यहाँको फुलमा उपभोक्ताको आकर्षण थपिएको गुप्ताले बताउनुभयो । 

घर तथा आँगनमा फूलेको फूलले मानिसमा उत्साह थप्ने, निरासा हटाउने, स्वच्छ, सफा देखिने र मानिसलाई नै फूर्तिलो बनाउने गर्दछ । फूल नरुचाउँने मानिस सायद नहोलान् गुप्ता थप्नुहुन्छ ‘फूलले दृश्य हेर्नासाथ त्यसको आहारा, पानी, स्याहारको चिन्ता हुन्छ भने फुलले धेरै मानिसलाई हसिलो र पूर्तिलो बनाउँछ ।’ 

रुपन्देहीको ड्राइभरटोलमा २० वर्षदेखि फूलको व्यापार गर्दै आएको गुप्ता नर्सरी फार्मले गर्मी र अत्यधिक जाडोमा फुलको नर्सरी राम्रोसँग हुर्कने जनाएको छ । तानसेन प्रभास नजिकै रक्साहमा १३ रोपनी जग्गा लिजमा लिएर फुलको नर्सरी ह्ुर्काएर बुटवल, नारायणघाट, भैरहवा, दाङ्, चितवन, नौतनवा, गोरखपुरमा समेत फुलको बिरुवा निर्यात हुने गरेको छ । 

पाल्पाबाट सयपत्री, पिटोनिया, डेन्थस, भर्विना, एन्थेनियम, पेन्जी, जेरनियम, भीङ्का, डालिया, गोदावरीलगायत २० थरीका फुल निर्यात हुने गरेको छ । प्रोपराइटर गुप्ताले एक हजार बिरुवा राखेकामा नौँ सय बिरुवा पाल्पामा राम्रोसँग हुर्कने र त्यसबाट कुल आम्दानीको ४५ प्रतिशतसम्म नाफा लिन सकिने बताउनुभयो । 

हाइब्रिड जातको फूलको व्यावसायिक खेतीबाट खर्च कटाएर ४५ प्रतिशत नाफा गर्न सकिने र यसको बजार सम्भावना जताततै बढ्दै गएको उहाँले बताउनुभयो । 

हाइब्रिड जातको फूलमा धेरै फूल लाग्ने बोट सानो हुने भएकाले सजावट छरितो हुने, बोट नभाँचिने र फूलले घरलाई उज्यालो बनाउने फूल व्यवसायी बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक