मुख्य समाचार – Page 473 – Sajha Sabal | sajhasabal.com

Category: मुख्य समाचार

  • ङुइला नाका तीन महिनाका लागि खुला

    ङुइला नाका तीन महिनाका लागि खुला

    काठमाडौँ | चीनको स्वशासित क्षेत्र सिजाङ आवतजावत गर्ने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारको ङुइला नाका खुलेको छ । तिब्बती सुरक्षाकर्मीले आजदेखि उक्त नाका खुला गरेको छेकम्पारका निवर्तमान वडाअध्यक्ष पासाङफुञ्जोले राससलाई लामाले जानकारी दिनुभयो ।

    निवर्तमान वडाअध्यक्ष लामाका अनुसार यसपटक तीन महिनाका लागि नाका खुला गरिएको हो । कोरोना महामारीपछि उक्त नाका बन्द गरिएको थियो । गत वर्ष सो नाका एक महिनाका लागि खुलेको थियो । तिब्बती नाका खुला भएसँगै हालसालै सङ्कलन गरिएको यार्सागुम्बालगायत जडीबुटी तिब्बती बजारमा बेचेर त्यहाँबाट खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री ल्याउन पाइने भन्दै स्थानीय खुशी भएका छन् ।

    चुमनुब्री–१ स्थित रुइला नाका भने हाल खुला गरिएको छैन ।

  • बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी, ४२ जनाको मृत्यु

    बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी, ४२ जनाको मृत्यु

    बङ्गलादेशमा जुन महिनामा डेङ्गुका मामिला उल्लेखनीय रूपमा बढ्दा यस वर्ष अहिलेसम्म १० हजारभन्दा बढी सङ्क्रमित हुनुका साथै ४२ जनाको मृत्यु भएको जनाइएको छ ।

    मे महिनामा एक हजार सात सय ७३ मानिस भाइरल रोगबाट सङ्क्रमित भएपछि जुनसम्म पाँच हजार नौ सय ५१ थप डेङ्गुका घटनाहरू रेकर्ड गरिएको छ ।

    स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशालय (डिजिएचएस) ले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले यस वर्ष अहिलेसम्म डेङ्गुका सङ्क्रमितको सङ्ख्या १० हजार दुई सय ९६ पुगेको देखाएको छ ।

    सोमबार स्थानीय समयअनुसार ८ः०० बजेसम्म २४ घण्टामा राजधानी ढाकामा ८७ सहित कुल चार सय २९ नयाँ डेङ्गुका घटना रिपोर्ट गरिएको डिजिएचएसको तथ्याङ्कले देखाएको छ ।

    जुनमा १९, मेमा तीन, अप्रिलमा सात, फेब्रुअरीमा तीन र जनवरीमाा १० जनाको मृत्यु भएको डिजिएचएसले जनाएको छ ।

    यस वर्ष जनवरी १ देखि जुन ३० सम्म देशभरका विभिन्न अस्पतालबाट उपचारपछि नौ हजार ८७ जना डेङ्गुका बिरामी घर फर्केका छन् ।

    जुन–सेप्टेम्बर मनसुन अवधि बङ्गलादेशमा डेङ्गु ज्वरोको मौसम हो । बङ्गलादेशे लामखुट्टेबाट हुने रोगहरूको उच्च जोखिममा रहेको राष्ट्र हो ।

  • तिम्ल्याहाले घरमै पाए नागरिकता

    तिम्ल्याहाले घरमै पाए नागरिकता

    काठमाडौँ | विर्तामोड नगरपालिका–५ मा बहुअपाङ्गता भएका तिम्ल्याहा दिदीबहिनीले घरमै नागरिकता र अपाङ्गताको प्रमाणपत्र प्राप्त गरेका छन् । नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले उहाँहरुलाई घरमै पुगेर अपाङ्गतासम्बन्धी ‘क’ वर्गको रातो कार्ड प्रदान गरिएको बताउनुभयो ।

    तिम्ल्याहा दिदीबहिनी १७ वर्षीया आकृति लिम्बु, इक्सा लिम्बु र इन्तुसा लिम्बुले घरमै उक्त सेवा पाउनुभएको हो । उहाँहरुमध्ये इन्तुसा ओछ्यानबाट आफैँ उठ्नसमेत नसक्ने अवस्थामा रहनुभएको छ ।

    आमा मनकुमारी शेर्माले आफ्ना चार छोरी रहेका र उहाँहरुको आफैँले स्याहार सुसार गरिरहेको बताउनुभयो । “एकै पटक तीन सन्तान जन्मिदा खुशीको सीमा थिएन,” उहाँ भन्नुहुन्छ, “तर के गनु, दुई छोरी उठ्न बस्न सक्छन्, एउटी सधैँभरी ओछ्यानमै हुन्छिन् ।”

    रातो कार्ड कार्ड प्राप्त गरेसँगै उहाँहरुले सरकारले प्रदान गर्दै आएको ‘क’ वर्गको अपाङ्गता भत्तासमेत पाउने नगरउपप्रमुख सङ्ग्रौलाले बताउनुभयो । उहाँले तीनैजनाको उपचारसमेतमा सहयोग गर्ने बताउनुभयो ।

  • मनसुनका एक महिनाः६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते

    मनसुनका एक महिनाः६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते

    काठमाडौँ | गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् ।

    राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्णक्षति भएको छ । समीक्षा अवधिमा एउटा पुल, सातवटा गोठ र १४ चौपाया मरेका छन् । पहिरोबाट रु दुई करोड २१ लाख बराबरको क्षति भएको छ ।

    यसैगरी, बाढीका ६४ घटनामा चार जनाको मृत्यु भएको तथा
    चार जना नै घाइते भएका छन् । बाढीबाट १२३ परिवार प्रभावित भएका छन् । चार वटा घरमा क्षति भएको छ । चट्याङका ८२ वटा घटनामा आठ जनाको मृत्यु भएको, २० जना घाइते भएका छन् । हुरीका ४५ घटनामा एक जनाको मृत्यु भएको तथा तीन जना घाइते भएका छन् । विपद्का घटनामा रु २६ करोडको आर्थिक क्षति भएको छ ।

  • सङ्घीय निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छः अध्यक्ष दाहाल

    सङ्घीय निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छः अध्यक्ष दाहाल

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताउनुभएको छ ।

    योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई आज पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष दाहालले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    “परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ । सङ्घीय निजामती विधेयकमा षड्यन्त्र भएको छ,” उहाँले भन्नुभयो, “यो विधेयकमा कसले बदमासी ग¥यो, त्यसको छानबिन गरी, चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौँ ।”

    अध्यक्ष दाहालले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा औँल्याउनुभयो । “यथास्थिति र प्रतिगमन उल्ट्याउने प्रयास भइरहेको अवस्थामा हामीले पार्टीको अभियान रोकेर प्रतिवाद ग¥यौँ । अहिले पनि त्यो प्रवृत्ति जारी छ,” उहाँले भन्नुभयो ।

    सो अवसरमा अध्यक्ष दाहालले वाइसिएल नेपाललाई पार्टीको विचार, लाइन र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गर्नुभयो । पार्टीको आठौँ महाधिवेशनले पारित गरेको विधान, विचार र लाइनलाई जनतासमक्ष लैजान आवश्यक रहेको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले वर्तमान अवस्थामा वर्गसङ्घर्ष थप पेचिलो बन्दै गएको उल्लेख गर्दै विचार र नेतृत्वको रक्षा गर्दै एकताबद्ध रूपमा क्रान्तिकारी धारलाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

    “महाधिवेशनले सर्वसम्मत निर्वाचित गरेको नेतृत्व र विचारको रक्षा तथा संस्थागत गर्नु अहिलेको आवश्यकता हो,” उहाँले भन्नुभयो । वर्षायामपछि मध्यपहाडी लोकमार्गको अभियानलाई पूर्णता दिने जानकारी दिँदै अध्यक्ष दाहालले त्यसपछि सुरु गरिने सङ्गठन निर्माणको अभियानमा वाइसिएललाई सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो ।

  • नेप्से परिसूचक २८ अङ्कले बढ्यो

    नेप्से परिसूचक २८ अङ्कले बढ्यो

    काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्कले बढेको छ । एक दशमलव ०९ प्रतिशतको वृद्धिपछि नेप्से परिसूचक दुई हजार ६६० दशमलव ३९ अङ्कमा कायम भएको हो ।

    आज ३०९ कम्पनीको एक करोड ५७ लाख ६४ हजार एक कित्ता शेयर ७० हजार २१४ पटक खरिदबिक्री हुँदा रु सात अर्ब तीन करोड ३० लाख ५० हजार २८६ बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ ।

    सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सबैभन्दा धेरै नौ दशमलव ८७ प्रतिशतले बढेको छभने सबैभन्दा धेरै घट्नेमा युनिलिभर नेपाल लिमिटेडको दुई दशमलव १३ प्रतिशतले घटेको छ ।

  • राष्ट्रियसभाः विनियोजन विधेयकका विविध पक्षमा छलफल जारी

    राष्ट्रियसभाः विनियोजन विधेयकका विविध पक्षमा छलफल जारी

    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बेदुराम भुसालले कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गरेर आत्मनिर्भर बन्न किसानमैत्री बजेट नबनेको गुनासो गर्नुभएको छ ।

    विनियोजन विधेयक, २०८२ माथिको छलफलमा भाग लिँदै उहाँले बजेट सन्तुलित नभएको टिप्पणी गर्नुभयो । क्षेत्रगत हिसाबले बजेट सन्तुलित नभएको उहाँको आरोप छ ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अञ्जान शाक्यले दिगो विकासका लक्ष्य हासिल गर्न बजेट कार्यान्वयनमा जोड दिनुभयो । साथै उहाँले स्वदेशी उत्पादन अन्तरराष्ट्रिय बजारमा पुर्याउन कृषि केन्द्र स्थापना गर्न सुझाउनुभयो ।

    विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमध्ये आज सातवटा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोग सचिवालयमाथि छलफलमा जारी छ ।

    छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद जितजङ्ग बस्नेतले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गम्भीर भएर गर्नुपर्छ भन्नुभयो ।

    जनता समाजवादी पार्टी नेपालका पूजा चौधरीले बजेट स्वरोजगारलाई प्रवद्र्धन गर्नेतर्फ केन्द्रित छ भन्दै त्यसमा समावेश भएका अधिकांश कार्यक्रम सुधारोन्मुख रहेका राय व्यक्त गर्नुभयो ।

    लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखर सिंहले स्वदेशमै चिनी उत्पादन गर्न किसानलाई उखुखेतीतर्फ प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

  • मेवा बिक्रीबाट आम्दानी गर्दैै सहकारी

    मेवा बिक्रीबाट आम्दानी गर्दैै सहकारी

    काठमाडौँ | यहाँको एक कृषि सहकारीले मेवाखेतीबाट राम्रो आम्दानी गर्दै आएकोे छ । घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको बलिदान कृषि सहकारी संस्थाले मेवाका बिरुवा र फल बिक्री गरेर आम्दानीसँगै आफ्ना सदस्यलाई रोजगारी दिँदै आएको छ ।

    सहकारीले नौ कट्ठा जग्गा भाडामा लिएर विगत तीन वर्षअघि देखि व्यावसायिक रुपमा रेड लेडी जातको मेवाखेती सुरु गरेको थियो । उक्त जग्गाको वार्षिक रु ३६ हजार भाडा तिर्ने गरिएको सहकारीका व्यवस्थापक स्यानु चौधरीले बताउनुभयो ।

    सहकारीले हालसम्म मेवाका बिरुवा बिक्रीबाट रु ५० हजार र पाकेको फल बिक्री गरेर रु दुई लाख आम्दानी गर्न सफल भएको सहकारीका व्यवस्थापक चौधरीले बताउनुभयो । मेवा बिक्रीबाट आएको मुनाफालाई शेयर सदस्यलाई दिने गरिएको उहाँ बताउनुहुन्छ ।

    सुरुमा १० पोकाबाट मेवाका बिरुवा उत्पादन गरिएको थियो । त्यसमा २५० बिरुवा सहकारीबाट लगाइएको उहाँको भनाइ छ । एक पोका बीउलाई रु आठ हजार ५०० पर्ने गरेको उहाँ बताउनुहुन्छ । प्रत्येक पोकाबाट ४०० बिरुवा उत्पादन हुने गरेको उहाँसँग अनुभव रहेको छ । मेवाको बिरुवा पाँचभन्दा बढी लैजानेलाई रु १०० का दरले र त्योभन्दा कम लैजानलाई रु १५० का दरले बिक्री गर्ने गरेको संस्थाका व्यवस्थापक चौधरीले बताउनुभयो ।

    मेवाको फल र बिरुवा पनि राम्रौ बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । सहकारी संस्थामार्फत आम्दानी गर्न पाउँदा सबै शेयर सदस्य खुसी भएको उहाँ बताउनुहुन्छ । कुनै पनि आयआर्जन हुने काममा जोडिएपछि आम्दानी बढ्दै जाने उहाँको भनाइ छ । भोलिका दिन व्यवसायलाई अझ बढाउँदै लैजाने उहाँ बताउनुहुन्छ ।

    यसअघि ‘रेमिट्यान्स’ सेवामार्फत आम्दानी गर्दै आएको सहकारीले नयाँ सहकारी ऐनमा कृषि सहकारीले उक्त सेवा सञ्चालन गर्न नपाउने भएपछि आम्दानीका अन्य उपाय खोज्न थालेको थियो । सोही क्रममा सहकारीले धान खरिद गरी चामल बिक्रीबाट पनि गत वर्ष रु डेढ लाख आम्दानी गरेको थियो । ३५० सदस्य रहेको बलिदान कृषि सहकारीको रु डेढ करोड पुँजी रहेको छ ।

  • राष्ट्रियसभाः विनियोजन विधेयकका विविध पक्षमा छलफल जारी

    राष्ट्रियसभाः विनियोजन विधेयकका विविध पक्षमा छलफल जारी

    काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बेदुराम भुसालले कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गरेर आत्मनिर्भर बन्न किसानमैत्री बजेट नबनेको गुनासो गर्नुभएको छ ।

    विनियोजन विधेयक, २०८२ माथिको छलफलमा भाग लिँदै उहाँले बजेट सन्तुलित नभएको टिप्पणी गर्नुभयो । क्षेत्रगत हिसाबले बजेट सन्तुलित नभएको उहाँको आरोप छ ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अञ्जान शाक्यले दिगो विकासका लक्ष्य हासिल गर्न बजेट कार्यान्वयनमा जोड दिनुभयो । साथै उहाँले स्वदेशी उत्पादन अन्तरराष्ट्रिय बजारमा पुर्याउन कृषि केन्द्र स्थापना गर्न सुझाउनुभयो ।

    विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमध्ये आज सातवटा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोग सचिवालयमाथि छलफलमा जारी छ ।

    छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद जितजङ्ग बस्नेतले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गम्भीर भएर गर्नुपर्छ भन्नुभयो ।

    जनता समाजवादी पार्टी नेपालका पूजा चौधरीले बजेट स्वरोजगारलाई प्रवद्र्धन गर्नेतर्फ केन्द्रित छ भन्दै त्यसमा समावेश भएका अधिकांश कार्यक्रम सुधारोन्मुख रहेका राय व्यक्त गर्नुभयो ।

    लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखर सिंहले स्वदेशमै चिनी उत्पादन गर्न किसानलाई उखुखेतीतर्फ प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

  • कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण

    कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण

    काठमाडौँ | कैलालीमा वर्षौंदेखि चुनौतीका रूपमा रहेको मानव–वन्यजन्तु द्वन्द्वलाई कम गर्न ‘मेस वायर’ तारजाली निर्माण गरीएको छ । जिल्लाको पहलमानपुर डिभिजन वन कार्यालयअन्तर्गत पर्ने संवेदनशील कर्णाली जैविक मार्गका सामुदायिक वनमा तारजाली लगाइएको हो ।

    वन तथा वातावरण मन्त्रालयद्वारा सञ्चालित एकीकृत भू–परिधि आयोजनाअन्तर्गत जानकी गाउँपालिका–६ मा रहेको कैलाशेश्वर सामुदायिक वनमा एक हजार ६५० मिटर, कर्णाली कोरिडोर सामुदायिक वनमा एक हजार मिटर र टीकापुर नगरपालिका–२ स्थित रानी कर्णाली सामुदायिक वनमा एक हजार १०० मिटर लामो तारबार निर्माण गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सामुदायिक वन र मानव बस्तीको सिमानामा पिसिसी (सिमेन्ट, कङ्क्रिट) को जगसहितको बलियो मेसवायर तारबार निर्माण गरिएको छ । यस कार्यले वन्यजन्तुलाई बस्ती पस्नबाट रोक्ने र स्थानीय बासिन्दाको बालीनाली, घरपालुवा पशु तथा मानवीय क्षतिसमेत न्यूनीकरण हुने विश्वास लिइएको छ ।

    कँडेल भन्नुहुन्छ, “टीकापुर नगरपालिका, जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिका कर्णाली जैविक मार्गका महत्वपूर्ण हिस्सा हुन्, जुन बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको छ ।”

    उहाँका अनुसार निकुञ्जबाट पाटेबाघ, हात्ती, चितुवालगायतका ठूला र संरक्षित वन्यजन्तु आहारा र बासस्थानको खोजीमा यता आउने क्रम निरन्तर चलिरहन्छ । उहाँले भन्नुभयो, “त्यसैले यो क्षेत्र द्वन्द्वको उच्च जोखिममा छ, यो तारबारले ठूला जनावरलाई मात्र नभई चित्तल, बँदेल, नीलगाईजस्ता साना जनावरले किसानको बालीनालीमा पु¥याउने क्षतिलाई पनि रोक्न प्रभावकारी हुनेछ ।”

    लामो समयदेखि यस क्षेत्रका बासिन्दा जङ्गली जनावरको मानव बस्तीमा प्रवेशका कारण पीडित थिए । कर्णाली जैविक मार्ग बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको हुँदा यो क्षेत्र बाघ, चितुवा, हात्ती, बँदेल, नीलगाई, चित्तलजस्ता वन्यजन्तुको प्रमुख ओहोरदोहोर गर्ने बाटो हो । यी जनावर मध्यरातमा बस्ती पसेर किसानले दुःख गरेर लगाएको धान, गहुँ, मकैजस्ता बालीनाली सखाप पार्ने, गोठमा बाँधिएका बाख्रा, बङ्गुर तथा अन्य घरपालुवा पशुपन्छी मारेर खाने गर्थे । कहिलेकाहीँ मानिसमाथि नै आक्रमणका घटना भएका थिए, जसले गर्दा स्थानीय त्रासमा बाँच्न बाध्य थिए ।

    तारबार निर्माणपछि भने स्थानीयमा ठूलो राहत मिलेको कैलाशेश्वर सामुदायिक वनका अध्यक्ष टेकबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले हामी रातभर जाग्राम बसेर बाली कुर्न बाध्य थियौँ, जङ्गली जनावरले कतिबेला आएर क्षति पु¥याउने हो भन्ने डर सधैँ रहन्थ्यो, अब यो बलियो तारबारले वन्यजन्तुलाई वन क्षेत्रमै सीमित राख्न मद्दत गर्नेछ । “यसले हाम्रो बालीनाली र पशुधनको सुरक्षा मात्र होइन, मानव–वन्यजन्तुबीचको अप्रिय घटनालाई पनि न्यूनीकरण गर्नेछ,” उहाँले भन्नुभयो ।

    सबडिभिजन वन कार्यालय, टीकापुरका वरिष्ठ वन अधिकृत दिलीप यादवले यो तारबार मानव–वन्यजन्तु सहअस्तित्व कायम गर्ने दिशामा एक महत्वपूर्ण कार्य भएको बताउनुभयो । उहाँका अनुसार विगतमा वन र बस्तीबीच कुनै भौतिक अवरोध नहुँदा वन्यजन्तु तथा मानिसको जम्काभेट हुने सम्भावना उच्च थियो, जसले द्वन्द्व निम्त्याउँथ्यो । पिसिसीसहितको मेसवायर फेन्सिङले दुवै पक्षलाई आ–आफ्नो क्षेत्रमा सुरक्षित राख्छ । यसले एकातिर वन्यजन्तु आफ्नो प्राकृतिक बासस्थानमा निर्धक्क घुमफिर गर्न पाउँछन् भने अर्कोतिर स्थानीय समुदायको जीविकोपार्जन सुरक्षित हुन्छ ।

    एकीकृत भू–परिधि व्यवस्थापन आयोजना कार्यान्वयन एकाइमा फिल्ड व्यवस्थापक प्रकाश थापाले आयोजनाको मूल उद्देश्य नै महत्वपूर्ण जैविक मार्गको संरक्षण गर्दै मानव र प्रकृतिको सम्बन्धलाई सुमधुर बनाउनु रहेको बताउनुभयो । “हामीले कैलाली र बर्दियालाई जोड्ने कर्णाली जैविक मार्गलाई एउटा सिङ्गो भू–परिधिका रूपमा हेरेका छौँ,” थापाले भन्नुभयो, “यो केवल तारबार निर्माणमा मात्र सीमित छैन खण्डित भएका वन क्षेत्रलाई जोड्न वृक्षरोपण र प्राकृतिक पुनः उत्पादनलाई सहयोग गर्ने (जैविक मार्ग पुनः स्थापना) पनि गरेका छौँ ।”

    थापाका अनुसार परियोजनाले स्थानीय समुदायलाई वनमाथिको निर्भरता घटाउन व्यवस्थित पशुगोठ निर्माण, बेमौसमी तरकारीखेती र गैरकाष्ठ वन पैदावारमा आधारित उद्यमजस्ता वैकल्पिक आयआर्जनका कार्यक्रम सञ्चालन गरेको छ । “सामुदायिक वन उपभोक्ता समूहको क्षमता अभिवृद्धि, वन्यजन्तु उद्धारसम्बन्धी तालिम र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि स्थानीयस्तरमा सचेतना फैलाउनेजस्ता क्रियाकलाप पनि सँगसँगै अगाडि बढाइरहेका छौँ”, थापाले भन्नुभयो ।

  • कोषको अभावले खाद्य सहायतामा कटौती गर्न बाध्य तुल्यायो : डब्लुएफपी

    कोषको अभावले खाद्य सहायतामा कटौती गर्न बाध्य तुल्यायो : डब्लुएफपी

    संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले कोषको गम्भीर अभावले जीवन बचाउने खाद्य सहायतामा कडा कटौती गर्न बाध्य पारेको भन्दै छिमेकी देशहरूमा भागेका लाखौँ सुडानी शरणार्थीहरू भोकमरी र कुपोषणमा गहिरो डुब्ने जोखिम रहेको चेतावनी दिएको छ ।

    डब्लुएफपीले अन्तर्राष्ट्रिय समुदायलाई सुडानका शरणार्थी र उनीहरूलाई समर्थन गर्ने आयोजक समुदायका लागि खाद्यान्न र पोषण सहायता कायम राख्न थप स्रोत परिचालन गर्न आग्रह गरेको छ ।

    राष्ट्रसङ्घीय एजेन्सीले सात छिमेकी देशमा भागेका शरणार्थीहरूलाई आपत्कालीन सहायता प्रदान गर्न तुरुन्तै परिचालन गर्दा निरन्तर खाद्य सहायता चाँडै उपलब्ध कोषभन्दा बढी आवश्यक रहेको जनाएको छ ।

    आगामी छ महिनासम्म छिमेकी देशहरूमा सुडानी शरणार्थीहरूका लागि आपत्कालीन प्रतिक्रिया कायम राख्न डब्लुएफपीलाई २० करोड अमेरिकी डलरभन्दा बढी आवश्यक रहेको औँल्याउँदै एजेन्सीले स्रोत अभावका कारण सहयोग आगामी महिनाहरूमा रोक्न सक्ने चेतावनी दिएको छ ।

    एजेन्सीका अनुसार सुडानभित्रका सबैभन्दा कमजोरहरूका लागि जीवन बचाउने कार्यका लागि थप ५७ करोड ५० लाख डलर आवश्यक छ ।

    “सुडानबाट भागेका लाखौँ मानिस पूर्णरूपमा डब्लुएफपीको समर्थनमा निर्भर छन्, तर थप कोषबिना हामी खाद्य सहायतामा थप कटौती गर्न बाध्य हुनेछौँ । यसले कमजोर परिवारहरू र विशेष गरी बच्चाहरूलाई भोकमरी र कुपोषणको बढ्दो गम्भीर जोखिममा छोड्नेछ”, सुडान क्षेत्रीय सङ्कटका लागि डब्लुएफपीका आपत्कालीन संयोजक शन ह्युजले भन्नुभयो, “अन्ततः, मानवीय सहयोगले मात्रै द्वन्द्व र जबरजस्ती विस्थापनको अन्त्य गर्न सक्दैन–राजनीतिक र विश्वव्यापी कूटनीतिक कार्य युद्धको अन्त्य गर्न तत्काल आवश्यक छ ताकि शान्ति र स्थिरता फिर्ता हुन सकोस् ।”

    सन् २०२३ अप्रिल १५ मा सुडानी सशस्त्र बल र द्रुत समर्थन बलहरू बीच द्वन्द्व सुरु भएदेखि सुडानले ठूलो विस्थापन सङ्कटको अनुभव गरेको छ, लाखौँ मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् । यसलाई विश्वको सबैभन्दा खराब विस्थापन सङ्कट बनाएको संयुक्त राष्ट्रसङ्घको रिपोर्टले जनाएको छ ।

  • झापामा कोभिडका आठजना सङ्क्रमित फेला

    झापामा कोभिडका आठजना सङ्क्रमित फेला

    काठमाडौँ | झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ । नयाँ खोप तालिकासहित जिल्लामा कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप आएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो ।

    “झापाका पालिकाहरुसँग समन्वय गरेर खोप वितरण गर्छौं,” उहाँले भन्नुभयो, “अब नयाँ तालिकाअनुसार खोप कार्यक्रम अघि बढ्छ ।” नयाँ खोप तालिकाअनुसार पाँच प्रकारका जनसङ्ख्यालाई लक्षित गरिएको छ । रोगप्रतिरोध क्षमता कम भएका पाँच वर्षभन्दा माथिका बालबालिका, वयस्क र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखिएको प्रमुख बाराकोटीले बताउनुभयो ।

    यसैगरी, स्वास्थ्यकर्मी र बिरामीको प्रत्यक्ष सम्पर्कमा आउने व्यक्ति, गर्भवती महिला, १२ वर्ष वा सोभन्दा माथि उमेरका अन्य व्यक्ति र पाँच वर्षदेखि ११ वर्षसम्मका अन्य बालबालिकालाई खोपको प्राथमिकतामा राखिएको छ । जिल्लामा आठजना कोभिड सङ्क्रमित फेला परेका छन् । तीमध्ये पाँचजना झापाका छन्भने मोरङ, इलाम र दोलखाका एक÷एकजना रहेको बाराकोटीले जानकारी दिनुभयो ।

    झापामा कोभिडको सङ्क्रमण देखिन थालेपछि मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा नाकामा शङ्कास्पद मानिसको कोभिड परीक्षण हुन थालेको छ । “काँकरभिट्टा नाकामा कोभिड परीक्षणका लागि तीनजना खटिएका छन्,” उहाँले भन्नुभयो, “जटिल प्रकृतिका बिरामीलाई कुन अस्पतालमा राख्ने भन्ने अन्योल छ ।”