एम्बुलेन्सबाट गाँजा ओसारपसार, चालक पक्राउ

Posted on: 25 Feb, 2024

फागुन १३, धनकुटा । एम्बुलेन्सबाट गाँजा ओसारपसार गर्ने १ जना धनकुटा भेडेटारबाट पक्राउ परेका छन् ।

विराटनगर महानगरपलिका-८ का एम्बुलेन्स चालक ४८ वर्षीय जयदेव चेललाई पक्राउ गरिएको प्रहरीले बताएको छ । धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे. १ च २०३२ नम्बरको एम्बुलेन्सलाई चेकजाँच गर्ने क्रममा ५२ केजी गाँजा बरामद भएको हो ।


कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार एम्बुलेन्सबाट गाँजा ओसारपसार गर्ने गरेको सूचनाको आधारमा प्रहरीले निगरानी गरेको थियो । धनकुटा प्रहरीको हिरासतमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!