जनप्रतिनिधिले गरे नगरपालिकामा तालाबन्दी

Posted on: 04 Feb, 2024

माघ २१, धनुषा | धनुषाको मिथिला बिहारी नगरपालिकाको जनप्रतिनिधिहरूले नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरि दिएका छन् । मिथिला बिहारी नगरपालिकाले गत १० वैशाखमा करार कर्मचारी भर्नाको विज्ञापन गरिएको तर अहिलेसम्म नतिजा  प्रकाश नगरि नगर प्रमुख राजेन्द्रप्रसाद यादवले आलटाल गरेको आरोप जनप्रतिनिधिहरुको छ । 

करार कर्मचारीहरुको नतिजा प्रकाश नभएको कारणले नगरपालिकाको एम्बुलेन्स, जेसिबि , लगायत अन्य सवारी साधनहरु कवारमा परिनत भैइ रहेको वडा नम्बर ८ वडा अध्यक्ष जिवछ यादवले जानकारी गराएका छ्न् ।

१० वटा  वडा रहेको मिथिला बिहारी नगरपालिका वडा कार्यालयहरुमा कार्यालय सहयोग नभएको कारणले काम गर्न एकदम कठिनाइ भएको वडा नम्बर ९ वडा अध्यक्ष बिन्देशवर यादवले भने, 'नगर प्रमुखलाई धेरै पटक आग्रह गर्दा सुनेन बाध्य भएर तालाबन्दी गरेका छौँ ।' 

यस बिषयमा तपाइको प्रतिक्रिया...!