साउदी, कतार, युएई लगाएत देशहरुको पैसाको मूल्य बढ्यो ! (सुचिसहित)

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

भदौ २६, काठमाडौं । अमेरिकी डलरको भाउ निरन्तर उकालो लाग्दा खाडीका देशहरु सहित मलेसिया र कोरियाका मुद्राको मूल्य पनि आकाशिएको छ । यसो हुँदा विदेशमा काम गरेर नेपालमा पैसा पठाउनेहरुलाई भने फाइदा पुग्ने छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रिदर ३० रुपैयाँ ९९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७६ र बिक्रिदर ३१ रुपैयाँ ९२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रिदर २८ रुपैयाँ ०४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २४ र बिक्रिदर १० रुपैयाँ ३० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८१ रुपैयाँ ५५ पैसा छ भने बिक्रिदर ३ सय ८३ रुपैयाँ ५३ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ०६ रुपैयाँ ६६ पैसा र बिक्रिदर ३ सय ०८ रुपैयाँ २६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply