2026-10-26 11:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्युयोर्कमा भव्य रूपमा तामाङ समाज अमेरिकाको केन्द्रिय कार्यालयको उद्घाटन

भदौ २६, काठमाडौँ | प्रवाशी भूमिमा रहेको नेपाली समुदायले आफ्नो समुदाय र मुक्तिको निम्ति विभिन्न संघ/ संस्थाहरूको स्थापना गर्नु भए पनि अधिकांस संघ संस्थाको कार्यालयहरू अहिले सम्म पनि झोलामा मात्रै सिमित रहेको देखिन्छ । तर, भर्खरै मात्र स्थापना भएको तामाङ समाज अमेरिकाको ८ सेप्टेम्बर २०१८ को दिन प्रमुख अतिथि नेपाली महाबाणिज्य दुताबासका कार्यवाहक महाबाणिज्यदुत पुष्पराज भट्टराईले एक भव्य समारोहको साथ नेपाली डायस्पोराका सामुदायिक गतिबिधिलाई पुनर्परिभाषित गर्ने उद्देश्य सहित तामाङ समाज अमेरिकाको केन्द्रिय कार्यालयको भव्यरूपमा उद्घाटन गर्नु भएको छ । 

उद्घाटन समारोहमा अमेरिकामा रहेका १२ भन्दा बढी संघ/संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। उद्घाटन समारोहको सुभारम्भमा लामा गुरुहरूबाट शुभ समारोहको पुजाअर्चना गरि औपचारिक कार्यक्रमको सुरुवात गर्नु भएको थियो । 

उद्घाटन समारोहको सभापतित्व तामाङ समाज अमेरिकाका अध्यक्ष सानु माया तामाङले गर्नुभएको थियो । उद्घाटन समारोहमा प्रमुख अतिथि कार्यवाहक महाबानिज्यदुत पुष्परज भट्टाराईले नेपाली डायस्पोराका संघ संस्थाहरुले परम्परागत शैली भन्दा फरक ढंगले आफ्नो गतिबिधिहरु संचालन गर्नु पर्ने र प्रवासमा रहेको नेपालीहरुले एकता प्रदर्शन गर्न सकेमा सम्पूर्ण नेपालीहरुको निम्ति भलाई हुने भनाई राख्नु भएको थियो । कुनै काल खण्डमा कुनै व्यक्ति वा शासकले गरेको त्रुटीलाई मुद्धा बनाएर वर्तमानमा त्यसको क्षतिपुर्ति खोज्नु भन्दा के कसरी आफ्नो समुदाय र समाजलाई अग्रगामी बनाउन सकिन्छ त्यसबारेमा डायस्पोराका आदिवासी समुदायका संघ/संस्थाहरु लागी परेमा हाम्रो समाज द्रुतगतिमा समृद्ध बन्न सक्ने धारणा भट्टराईले राख्नु भयो ।

तामाङ समाज अमेरिका भर्खरै स्थापना भएको भए पनि यो संस्थाले नेपाली डायस्पोराका संघ संस्थासँग हातेमालो गर्दै सामुदायिक गतिबिधिलाई पुनर्परिभाषित गर्न नेतृत्वदायी भूमिका निर्बाह गर्ने तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङले प्रतिवद्दता जनाउनु भयो । नयाँ शैली र नयाँ आयामबाट तामाङ समाज अमेरिकाले नेपाली डायस्पोरामा आफ्नो नेतृत्व स्थापित गर्ने र स्थानीय मुलधारको राजनीतिमा समाबेश गर्न हाम्रो दोश्रो पुस्तालाई सक्रिय गराउने भूमिकामा तामाङ समाज अमेरिका रहने उहाँले स्पष्ट पार्नु भयो ।

उद्घाटन समारोहमा गैरआवासीय नेपाली संघ अमेरिकाका महासचिव बाबुराम लामा, नेपाली जनसम्पर्क समिति विश्व संजालका सभापती विष्णु सुवेदी, नेपाली जनसम्पर्क समिति अमेरिकाका सचिव भोजराज थोकर, संगठन विभाग प्रमुख वेद खरेल, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि प्रमोद सिटौला, हिमालयन बुद्धिष्ट कम्युनिटीका अध्यक्ष छेपक गुरुङ, शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पा, तमु परिवार न्युयोर्कका अध्यक्ष डम्मरजंग गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष लुईसाङ वाईवा तामाङ, निवर्तमान वरिष्ठ उपाध्यक्ष मणि वाङडेल राई, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष भरत लामा, नेपाल अमेरिका पत्रकार संघका पूर्व अध्यक्ष आङछिरिंग शेर्पा, प्रेम एण्ड पुनम फाउन्डेशनका अध्यक्ष प्रेम थोकर, गैरआवासीय नेपाली संघ अमेरिकाका सहकोषाध्यक्ष पवन योन्जन लगायतले शुभकामान मन्तब्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली महाबाणिज्यदुतवास न्युयोर्कका कन्सुलर क्रिशु क्षेत्री, तामाङ सोसाइटी अफ अमेरिकाका निवर्तमान अध्यक्ष शान्त थोकर, गैर आवासीय नेपाली संघ अमेरिकाका बोर्ड अफ डिरेक्टर आङनिमा गेल्जे शेर्पा, पर्यटन प्रवर्द्दन समितिका संयोजक जाङबु शेर्पा गोले, न्युयोर्क समाचार अनलाईन् न्युजका गोकुल श्रेष्ठ, खसोखास साप्ताहिकका सम्पादक अनिल अधिकारी, गैर आवासीय नेपाली संघ, अमेरिका न्युयोर्क शाखाका अध्यक्ष रामहरि अधिकारी र नेपाल विद्धार्थी संघका अध्यक्ष प्रभात सापकोटाको उपस्थिति रहेको थियो। कार्यक्रम तामाङ समाज अमेरिकाका सचिव विनिता तामाङले संचालन गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने