लैनचौरमा छ करोड लगानीमा वडा कार्यालय भवन बन्ने

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p>मङ्सिर १२, काठमाडौँ | काठमाडौँको लैनचौरमा रु छ करोडको लगानीमा वडा कार्यालय भवन बन्ने भएको छ ।&nbsp;<br></p><p>कामपा–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले कुल नौ हजार वर्गफिटमा साढे तीनतलाको सुविधासम्पन्न भवन निर्माण हुन लागेको जानकारी दिनुभयो । “प्रत्येक तला दुई हजार ६०० वर्गफिटको हुनेछ, उक्त भवनभित्र प्रयोगशाला, पुस्तकालय, प्रशासनिक काम गर्ने कार्यालय र बैठक कोठा हुनेछन्”, अध्यक्ष तिवारीले भन्नुभयो ।&nbsp;</p><p>महानगरपालिकाको लगानीमा बन्न लागेको उक्त भवनको बोलपत्र आह्वानको कामसमेत सम्पन्न भइसकेको छ । एक हप्ताभित्र भवन निर्माणका लागि सम्झौता हुने वडाध्यक्ष तिवारीले बताउनुभयो । एक रोपनी क्षेत्रफलमा बन्न लागेको उक्त भवन यही मङ्सिर अन्तिम हप्तासम्ममा शिलान्यास भइसक्ने वडाले जनाएको छ ।&nbsp;</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply