2026-09-08 02:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लमजुङमा अपाङ्गता भएका विद्यार्थीको छात्रावास निर्माणका लागि ४० लाख सङ्कलन

मङ्सिर १२, लमजुङ | बेलायतमा सङ्कलन गरिएको चन्दाबाट लमजुङमा अपाङ्गता भएका विद्यार्थीका लागि छात्रावास निर्माण गरिने भएको छ । 

सुन्दरबजार नगरपालिका–८ भोटेओडारस्थित भक्ति नमूना माविमा अध्ययनरत बहिरा विद्यार्थीका लागि छात्रावास निर्माण गरिन लागिएको हो । बेलायतस्थित सुस्त श्रवण तथा बहिरा समूहले ‘डेफ नेपाल एक्पेडिसन–२०१८’ गठन गरी छात्रावास निर्माणका लागि चन्दा सङ्कलन अभियान शुरु गरेको र त्यसबाट रु ४० लाख सङ्कलन भएको थियो । 

डेफ नेपाल एक्पेडिसन–२०१८ समूहका टोली प्रमुख डेबिट लवटनसहितको टोलीले विद्यालय भवन निर्माणस्थलको अवलोकन तथा निरीक्षण गरी सन् २०२० सम्ममा भवन निर्माण सक्ने प्रतिबद्धता जनाएका छन् । 

शुरुआती चरणमा छात्रावास निर्माण गरिनेछ भने त्यसपछि उनीहरुका लागि छुट्टै कक्षाकोठासमेत निर्माण गरिने भएको छ । उनीहरुले बेलायती संस्था पहार ट्रष्ट नेपाल पोखराको समन्वयमा भवन निर्माण गर्नेछन् । विद्यालयको नाममा रहेको चार रोपनी १३ आना जग्गामा छात्रावास र बहिरा विद्यालय भवन निर्माण गरिने छ । 

भक्ति नमूनामा सञ्चालित विशेष कक्षामा हाल ३५ विद्यार्थी अध्ययनरत छन् । तीन शिक्षकले पढाइरहेका छन् भने बालबालिकाको स्याहारसुरार गर्न दुई जना खटिएका छन् । २०२४ मा स्थापना भएको भक्ति नमूना माविमा २०६१ बाट स्रोत कक्षा सञ्चालन भइरहेको छ । 

विद्यालयमा रहेका शारीरिकरुपमा अपाङ्गता भएका विद्यार्थीका लागि भोटेओडार बगैैँचा नजिकै पुरानो छात्रावासमा नयाँ छात्रावास निर्माण हुनेछ । विद्यालयका प्रधानाध्यापक यज्ञराज घिमिरेका अनुसार बहिरा र मुख नबोल्ने विद्यार्थीलाई सँगै राखेर पढाउँदा समस्या हुने गरेको छ । छुट्टै छात्रावास र विद्यालय भवन बनेपछि विद्यार्थीलाई सहज हुने उहाँले बताउनुभयो । भवन निर्माणका लागि विद्यालयका पूर्वप्रधानाध्यापक उत्तरकुमार श्रेष्ठको अध्यक्षतामा समिति गठन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता