२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रभु बैंकको कर्जा योजना : विदेशबाट फर्केका व्यक्तिले १० लाख रुपैयाँसम्म विनाधितो ऋण पाउने

२०७६, ४ बैशाख बुधबार १०:४९

बैशाख ४, काठमाडौं। प्रभु बैंकले धितो दिन नसक्नेहरुका लागि परियोजना धितोमा (तपाइले गर्न चाहेको व्यवसायलाई नै धितो मानेर) ऋण दिने योजना ल्याएको छ । पाँच करोड रुपैयाँसम्म ऋण दिने यस्तो योजनाको ब्याज बार्षिक ५.३७ प्रतिशत मात्रै पर्ने बैंकले जनाएको छ ।


प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले गरेको परिपत्रानुसार बैंकले पनि सहुलियतपूर्ण कर्जाका लागि ५.२ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने गरी ७ वटा योजना सार्वजनिक गरेका हुन्। बैंकले बुधबार पत्रकार सम्मेलन गरि सस्तो ब्याजमा पाइने व्यवसायिक कृषि, शिक्षित युवा बेरोजगार, बैदेशिक रोजगारीबाट फर्केका युवा, दलितको लागि कर्जा र उच्च र प्राविधिक शिक्षा अध्ययनको लागि कर्जा योजना बारे जानकारी दिएको हो ।

बैंकले आफ्नो औसत ब्याज ९.३७ प्रतिशतमा २ प्रतिशत प्रिमियम जोड्ने छ । यसो गर्दा बैंकको ब्याज ११.३७ प्रतिशत पुग्नेछ । तर, सरकारले २१ भदौ २०७५ मा पारित गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि’मा यस्तो कर्जामा सरकारले ६ प्रतिशत ब्याज दिने उल्लेख छ । सोही कारण बैंकको ब्याज ११.३७ प्रतिशत भएपनि ऋणीले जम्मा ५.३७ प्रतिशत मात्रै तिर्दा हुने भएको हो ।

बैंकले व्यवसायिक कृषि कर्जा योजनामा ५ करोड रुपैयाँसम्म ऋण दिनेछ । यस्तै श्रमशील कर्जा योजनामा १० लाख रुपैयाँभन्दा बढी ऋण लिनको लागि भने परियोजनाको व्यवसायिक सम्भावना नै धितो हो । राम्रो सम्भावना देखिएका परियोजनालाई बैंकले विनाधितो ऋण दिनेछ ।

बैंकले १० लाख रुपैयाँभन्दा बढी ऋण लिनको लागि संस्था हुनै पर्ने र १ करोड रुपैयाँभन्दा बढीको लागि कम्पनी दर्ता भएको हुनुपर्ने शर्त राखेको छ । शिक्षित युवा बेरोजगार कर्जाको लागि बैंकले उज्जल कर्जा योजना ल्याएको छ । यो योजनामा योग्य हुनको लागि स्नातक तहसम्मको अध्ययन भएको र ४० बर्ष उमेर ननाघेको व्यक्ति हुनुपर्नेछ ।

विदेशबाट फर्केका युवालाई स्वरोजगार बनाउने सरकारी योजना सफल पार्न बैंकले हातेमालो कर्जा योजना ल्याएको छ । यो योजनामा विदेशबाट फर्केका व्यक्तिले १० लाख रुपैयाँसम्म ऋण विनाधितो पाउने छन् । यस्तो कर्जा लिने व्यक्तिसँग विदेशको पीआर तथा ग्रीन कार्ड हुन नहुने र विदेशबाट फर्केको ३ बर्ष ननाघेको हुनुपर्ने शर्त राखिएको छ ।

बैंकले महिला उद्यमीको लागि उजेली कर्जा योजना ल्याएको छ । यो योजनामा ५ बर्षको लागि १५ लाख रुपैयाँसम्म विनाधितो ऋण पाइनेछ । बैंकले दलित समुदायको लागि कर्मवीर कर्जा योजना ल्याएको छ । यो योजनामा ५ बर्षसम्मको लागि १० लाख रुपैयाँसम्म ऋण पाइनेछ । यस्तै उच्च र प्राविधिक शिक्षा अध्ययनको लागि बैंकले ५ लाख रुपैयाँसम्म कर्जा दिने जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना