2026-10-14 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वरोजगारका लागि निव्र्याजी ऋण

वैशाख ४, खलङ्गा (रासस) | जुम्लाको तातोपानी गाउँपालिकाले लक्षित वर्ग र गरीबी न्यूनीकरणका लागि निव्र्याजी ऋण उपलब्ध गराउने भएको छ । 

गाउँपालिकाको हिउँदे गाउँसभाबाट निव्र्याजी ऋणसम्बन्धी कार्यविधि २०७५ जारी गरेको छ । विदेश पलायन हुने युवालाई लक्षित गरेर निव्र्याजी ऋण उपलब्ध गराउने व्यवस्था गाउँपालिकाले गरेको हो । 

व्यवसाय गर्ने व्यक्ति, समूह र संस्थालाई उनीहरुले अङ्गालेको पेशालाई सहयोग गर्ने ध्ययले निव्र्याजी ऋण उपलब्ध गराउने नीति लिइएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । आयआर्जनमार्फत गरीबी न्यूनीकरण र सामाजिक प्रगति गर्ने, स्थानीय जडीबुटी तथा बालीको संरक्षण गर्ने उद्देश्य यो कार्यक्रम अगाडि सारेको उहाँको भनाइ छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईंले भन्नुभयो, “ऋण नपाएकै कारण धेरै युवाले व्यवसाय गर्न सकेको अवस्था छैन, उनीहरुको व्यवसायमा सहयोग गर्ने उद्देश्य यो कार्यक्रमको छ ।” 

यो गाउँपालिकाबाट ६ हजार ९४ जना वैदेशिक रोजगारिमा गएका छन् । सबैभन्दा बढी वडा नं. ८ बाट एक हजार २४५ र सबैभन्दा कम वडा नं.७ बाट ६१३ जना विदेश पलायन भएका छन् । विदेशिने युवालाई स्वदेशमै स्वरोजगार उपलब्ध गराउने उद्देश्यले यो कार्यविधि ल्याइएको गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने