ठेक्कापट्टा लिने र काम नगर्ने प्रवृत्ति बढ्यो : डा बाबुराम भट्टराई

साझासवाल

असोज १४, काठमाडौँ | समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गोरखामा पछिल्लो समय ठेक्कापट्टा लिने र काम नगर्ने प्रवृत्ति बढेको बताएका छन् । गोरखा पत्रकार मञ्चले मंगलबार राजधानीमा गरेको दसैं, दिपावली र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै भट्टराईले उक्त कुरा बताएका हुन् ।

हरेक महिना गृह जिल्ला पुग्ने गरेको बताउंदै भट्टराईले भने ‘गोरखाको विकास निर्माण करिब करिब ठप्प भएको छ, त्यसमा कुन खालको भ्रष्टाचार छ भन्ने कुरा पत्रकारले उजागर गर्नुपर्छ ।’ ठेक्कापट्टामा लिने र काम नगर्ने प्रवृत्तिलाई राजनीतिक दल र कर्मचारीले पनि सघाएको भट्टराईले आरोप लगाए ।

जनताले स्वैच्छिक ढंगले सहभागिता जनाएर बुढीगण्डकी आयोजनालाई साथ दिंदा पनि सरकार गम्भिर बनेको छैन भट्टराईले भने 'बुढीगण्डकी आयोजनालाई नेपाल आफैंले बनाउनुपर्ने भनेर पत्रकारले आवाज उठाउनुपर्छ, अन्यथा आयोजना नै अलपत्र पर्ने खतरा मैले देखेको छु ।’ जिल्लाका ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक पर्यटकीय स्थल जोड्ने सर्किट निर्माणको पहलका लागि पनि पत्रकारले आवाज उठाउनुपर्ने भट्टराईले बताए।

भट्टराईले प्राप्त उपलब्धीलाई गुमाउने कल्पना पनि गर्न नसकिने भन्दै लोकतन्त्रको रक्षार्थ सञ्चारमाध्यमहरुले उल्लेख्य भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले सञ्चारमाध्यमले रचनात्मक आलोचनाको भुमिका निर्वाह गर्नुपर्ने भन्दै दलगत राजनीतिबाट टाढा रहेर सुशासनका पक्षमा कलम चलाउन पत्रकारहरुलाई सुझाव दिए।

गोरखा १ का सांसद हरिराज अधिकारीले पर्यटकीय हिसाबले मात्र नभई भौगोलिक, सांस्कृतिक हिसाबले पनि गोरखाको विकास गर्न पत्रकारले भूमिका खेल्नुपर्नेमा जोड दिए। कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्यहरू चुडामणि खड्का तथा लेखनाथ न्यौपाने, नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री कमला पन्त लगायतले जिल्लाको विकासका लागि दलगत स्वार्थभन्दा माथि रहेर सञ्चारमाध्यम तथा पत्रकारले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

मंचका सल्लाहकारहरु खिलबहादुर भण्डारी, रामजी दाहाल, सुशील अर्याल लगायतले गोरखा पत्रकार मञ्चले गोरखाली पत्रकारलाई एकीकृत गर्दै जिल्लाको समग्र विकासका लागि बहस चलाउनुपर्नेमा जोड दिए ।

गोरखा पत्रकार मञ्चका सं‌योजक प्रदीपराज वन्तले गोरखा जिल्ला घर भई विभिन्‍न जिल्लामा पत्रकारिता गरिरहेकाहरुलाई एकत्रित गर्ने, समस्या पर्दा सहयोग गर्ने र गोरखाका विभिन्न विषयमा बहस चलाउने बताए।

Leave a Comment

Leave a Reply